एनपीएल क्रिकेट प्रतियोगिताका लागि हिक्मत महरा सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक’ खेलाडी घोषित
सारांश
- हिक्मत महरा सुदूरपश्चिम रोयल्सको 'आइकोनिक' खेलाडी घोषित भएका छन्।
- धनगढीमा भएको ट्यालेन्ट हन्टबाट हिक्मत उत्कृष्ट बन्दै आइकोनिक खेलाडी बनेका हुन्।
- एनपीएल प्रतियोगितामा सुदूरपश्चिम रोयल्सको टोलीमा दीपेन्द्रसिंह ऐरी लगायतका खेलाडी छन्।
धनगढी । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका लागि हिक्मत महरा सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक’ खेलाडी घोषित भएका छन्।
धनगढीको क्रिकेट एकेडेमीमा एनपीएलका लागि आइतबार र सोमबार भएको ‘ट्यालन्ट हन्ट’ बाट तीव्र गतिका बलर हिक्मत उत्कृष्ट बन्दै आइकोनिक खेलाडी घोषित भएका हुन्।
रोयल्सका प्रशिक्षक जगत टमटाको नेतृत्वमा रहेको टोलीले दुई चरणमा खेलाडी छनोट गरेको छ। ट्यालेन्ट हन्टमा झण्डै ३०० सहभागी थिए। हिक्मतले अब सुदूरपश्चिम रोयल्सबाट एनिपिएल खेल्ने छन्।
आइकोनिकबाहेक अन्य पाँच खेलाडीलाई सुदूरपश्चिमको डेभलपमेन्ट टोलीमा राखिएको रोयल्सले जनाएको छ। जसमा ओमप्रकाश घिमिरे, सोलुप चौधरी, टेकराज थलाल, तर्भिस जैशी र अभिषेक कोइरालालाई डेभलपमेन्टबाट छनोट गरिएको हो।
काठमाडौँमा हुन लागेको एनपीएल प्रतियोगितामा सुदूरपश्चिम रोयल्सको टोलीमा दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, अविनाश बोहरा, दीपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दीपेन्द्र थापा, स्कट कुग्गेलिजन,क्रिस लिन, हर्मित सिंह र जोस ब्राउन सहभागी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेश सभाको बैठक बुधबार दिउँसो १ बजे बस्ने
-
निस्वार्थ भावले मानव सेवामा समर्पित हुनु नै सबैभन्दा ठुलो धर्म : राष्ट्रपति
-
ओली–प्रचण्डको निचोड : तत्काल पार्टी एकता असम्भव
-
दुई जना नेपाली युवा चिनियाँ सुरक्षाकर्मीको नियन्त्रणमा
-
स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपति पदको अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु
-
अब वीरेन्द्रनगरमा ‘लाइन होइन, अनलाइन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण