प्रत्यक्ष कार्यकारी प्रणालीले देशका सबै समस्या समाधान गर्छ भन्नु मूर्खता : राधेश्याम अधिकारी
सारांश
- कांग्रेस नेता राधेश्याम अधिकारीले प्रत्यक्ष कार्यकारी प्रमुखले समस्या समाधान गर्छ भन्नु मुर्खता भएको बताए।
- उनले पार्टी अध्यक्ष छोड्न नसक्ने नेताले कार्यकारी प्रमुख पाए के होला भनी प्रश्न गरे।
- अधिकारीले दलित, मधेसी र सीमान्तकृत वर्गको आवाज प्रत्यक्ष निर्वाचित कार्यकारीले सम्बोधन गर्न नसक्ने बताए।
काठमाडौँ । नेपाली कांग्रेसका नेता राधेश्याम अधिकारीले प्रत्यक्ष कार्यकारी सरकार प्रमुखले देशका सबै समस्याहरू समाधान गर्न सक्छ भन्नु मूर्खता मात्रै भएको बताएका छन्। मंगलबार नेपाल कानुन समाजद्वारा काठमाडौँमा आयोजित 'प्रतिनिधि सभाको निर्वाचन: चुनौती र अवसर' विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।
उनले हालका नेताहरूले पार्टीको अध्यक्ष पद त छोड्न नसक्ने अवस्थामा प्रत्यक्ष कार्यकारी प्रमुख पाएपछि अवस्था झन् कस्तो होला भन्दै प्रश्न गरे। उनले दलित, मधेसी, सीमान्तकृत वर्गको आवाज प्रत्यक्ष निर्वाचित कार्यकारीले सम्बोधन गर्न सक्छ भन्नु मूर्खता मात्रै भएको बताए।
अधिकारीले भने, ‘जुन राजनीतिक दलका नेताले आफ्नो पार्टीको पद छोड्न सक्दैनन्, तिनले सत्ता पाए भने छोड्छन्? दलित, मधेसी, सीमान्तकृत वर्गको आवाज प्रत्यक्ष निर्वाचित कार्यकारीले सम्बोधन गर्न सक्छ?’
उनले थपे, ‘जाति, जनजाति, भाषाहरूको प्रतिनिधित्व यो संविधानले बोकिरहेको छ। समानुपातिक, समावेशी, सङ्घीयताको कुरा जुन छ, यो ठट्टाको विषय होइन। ख्यालख्यालमा आएको होइन।’
उनले लोकतन्त्र र गणतन्त्र सबैले चाहेको उल्लेख गर्दै विविधताले भरिपूर्ण नेपालमा सबै मिलेर बस्नुपर्नेमा जोड दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण