केपी ओली श्री ३ महाराज बन्नुभयो : प्रकाश शाह
काठमाडौँ । एमालेका पूर्व केन्द्रीय सदस्य प्रकाशबहादुर शाहले जेनजी विद्रोहपछि पनि नेकपा एमालेका अध्यक्ष केपी ओलीको अहङ्कारमा कुनै परिवर्तन नआएको बताएका छन् ।
बुधबार राष्ट्रिय सभा गृहमा आयोजित समायोजन सभामार्फत नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्दै उनले ओलीको दम्भ र अहङ्कारका कारण पार्टीमा बस्न नसक्ने स्थिति आएको बताए ।
‘केपी ओलीको अहङ्कार बदलिएको छैन । दम्भ बदलिएको छैन । दुर्गमा हुर्किएको भीम रावलको आवाजलाई निमोठ्ने काम गर्नुभयो । त्यहाँ मात्र सिमित भएन । उहाँ श्री ३ महाराज बन्नुभयो’, उनले भने, ‘मैले जे बेले त्यही हुन्छ । महाधिवेशनमा कुनै छलफल हुँदैन भन्नुभयो । पुष्पलालको पार्टी बन्न सकेन, मनमोहनको र मदन भण्डारीको पार्टी बन्न सकेन एमाले ।’
शाहले ओलीलाई हिटलर, चाउचेस्की, बोकासो जस्ता तानाशाहसँग तुलना गर्दै जेनजी विद्रोहपछि पनि कुनै परिवर्तन नआएको बताए ।
‘म झोले हुँ । म भगवान हुँ । तिमिहरू दास हो भन्ने छ ओलीमा । हिटलर, चाउचेस्की बोकासो जस्ता भए ओली । सुशासनको पक्षमा झोला बोकेर गएका नानीबाबुमाथि राज्यले कत्लेआम गर्यो । त्यसप्रति कुनै पश्चताप छैन । केपी ओलीमा कुनै परिवर्तन आएको छैन । हेलिकप्टर चढेर गुन्डुमा लुकेका बसेका छन् । हुँक्कार घटेको छैन’, उनले आरोप लगाए ।
ओलीको प्रवृत्तिमाथि कडा प्रहार गरेका शाहले नेकपाका संयोजक प्रचण्डलाई क्रान्तिका महानायकको संज्ञा दिए । प्रचण्डको नेतृत्वमा समाहित हुन पाउँदा खुसी लागेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण