मधेसका सभामुखलाई पदमुक्त गर्न प्रस्ताव दर्ता गरिएपछि झडप, सांसद कुटिए
बिहीबार, २७ कात्तिक २०८२, १९ : ११
काठमाडौँ । मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलविरुद्ध प्रदेशसभामा पद अनुकूल आचरण नगरेको भन्दै ७ दलले प्रस्ताव दर्ता गराएपछि झडप भएको छ ।
प्रदेश सांसद राजु गुप्ता, महेश यादव र उपेन्द्र महतोलाई प्रदेश सभा भित्र कुटपिट गरिएको माओवादी केन्द्र संसदीय दलका नेता भरत शाहले बताए । उनका अनुसार बाहिरको बत्ती अफ गरिएको छ भने प्रहरीहरू तैनाथ छन् ।
सभामुखको बचाउमा गएका नेकपा एमालेका नेता/कार्यकर्ताहरू र प्रस्ताव दर्ता गर्न गएका सात दलका सांसदबिच टकराब भएको थियो ।
माओवादी केन्द्र मधेस प्रदेश संसदीय दलका नेता भरत साहले कांग्रेस, माओवादी केन्द्र, जसपा नेपालसहित ७४ सांसदको हस्ताक्षरसहित प्रदेशसभामा पदअनुकूल आचरण नगरेकोसम्बन्धी प्रस्ताव दर्ता गराएका थिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण