प्रधानमन्त्री कप छनोट : गजेन्द्रको शतकमा निङ्गलाशैनी विजयी
सारांश
- प्रधानमन्त्री कप क्रिकेटमा निङ्गलाशैनी क्रिकेट क्लब विजयी भयो, गजेन्द्र बोहराको शतकको मद्दतले।
- कैलपाल क्रिकेट क्लबलाई १३४ रनले पराजित गर्दै निङ्गलाशैनीले जित हासिल गर्यो।
- खेलमा पहिले ब्याटिङ गर्दै निङ्गलाशैनीले २७८ रन बनायो, जसमा गजेन्द्र बोहराले १०९ रन बनाए।
बैतडी । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा गजेन्द्र बोहराको शतकीय पारीको मद्दतले निङ्गलाशैनी क्रिकेट क्लब विजयी भएको छ । निङ्गलाशैनीले कैलपाल क्रिकेट क्लबलाई १३४ रनले पराजित गरेको हो ।
जितका लागि पाएको २७९ रनको विजय लक्ष्य पछ्याउने क्रममा कैलपाल २७ दशमलव २ ओभरमा १४४ रनमा समेटियो । उसका लागि प्रदीप चन्दले ४० रन बनाए । बलिङतर्फ निङ्गलाशैनीका लागि कप्तान ऋषिकेश बोहराले ४ र गजेन्द्र बोहराले ३ विकेट लिए ।
यसअघि दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा टस हारेर पहिला ब्याटिङ गरेको निङ्गलाशैनीले ३९ दशमलव २ ओभरमा सबै विकेट गुमाएर २७८ रन बनायो । उसका लागि गजेन्द्र बोहराले शतकीय पारी खेल्दै १०९ रन बनाए । उनी जारी प्रतियोगितामा शतक हान्ने पहिलो खेलाडी बने ।
बलिङतर्फ कैलपालका प्रदीप चन्दले ५ र कप्तान अमर चन्दले २ विकेट लिए । बैतडी जिल्ला क्रिकेट सङ्घको आयोजनामा कात्तिक २१ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा १२ टोली सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
-
कांग्रेसको संस्थापन इतर पक्षले भोलि आइतबार विराटनगरमा भेला गर्दै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण