शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

अबुधाबीमा डिसेम्बर १६ मा आईपीएल २०२६ अक्सन हुने

शुक्रबार, २८ कात्तिक २०८२, ०० : ५२
शुक्रबार, २८ कात्तिक २०८२

सारांश

  • आईपीएल २०२६ को अक्सन डिसेम्बर १६ मा अबुधाबीमा हुने भएको छ।
  • टोलीहरूले नोभेम्बर १५ भित्र खेलाडी रिटेन्सनको निर्णय गर्नुपर्नेछ।
  • ट्रेडिङ विन्डो अक्सनको एक हप्ता अघि बन्द हुनेछ र फेरि खुल्नेछ।

काठमाडौँ । आगामी सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अक्सन डिसेम्बर १६ मा अबुधाबीमा हुने भएको छ। योसँगै लगातार तेस्रो पटक आईपीएल अक्सन भारत बाहिरका मुलुकमा हुन लागेको हो । 

सन् २०२४ मा दुबईमा पहिलोपटक अक्सन भएको थियो भने, सन् २०२५ को मेगा अक्सन साउदी अरबको जेद्दामा आयोजना गरिएको थियो।

यो पटकको अक्सन ‘मिनी अक्सन’ हुने भएकाले एक दिनमै सम्पन्न हुनेछ। सबै टोलीहरूले नोभेम्बर १५ दिउँसो ३ बजेभित्र आफ्ना खेलाडीहरू रिटेन्सन सूचीमा राख्ने वा छोड्ने निर्णय गर्नुपर्नेछ। त्यसपछि आईपीएलले अन्तिम अक्सनका लागि खेलाडीहरूको सूची तयार पार्नेछ।

ट्रेडिङ विन्डो अहिले खुला रहेको छ, जुन अक्सनको एक हप्ता अघि बन्द हुनेछ र अक्सनपछि पुनः खुला हुनेछ।

अहिलेसम्म पाँच टोलीबिच चार ट्रेड भएका छन्। चेन्नई सुपर किंग्सले राजस्थान रोयल्स बाट विकेटकिपर ब्याट्सम्यान सञ्जु सैमसन ल्याएको छ भने राजस्थानले रविन्द्र जडेजा र साम करन प्राप्त गरेको छ।

त्यस्तै, मुंबई इन्डियन्सले लखनउ सुपर जायन्ट्सबाट शार्दुल ठाकुर र गुजरात टाइटन्सबाट शेर्फेन रदरफोर्ड नगदमा किनेका छन्।

आईपीएल २०२६ को सिजन मार्च १५ देखि मे ३१ सम्म हुने अनुमान गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप