गाउँपालिका कार्यालयमा तालाबन्दीपछि सुर्नयामा औषधि अभाव
सारांश
- बैतडीको सुर्नया गाउँपालिकामा लामो समयदेखि तालाबन्दी हुँदा स्वास्थ्य सेवा प्रभावित भएको छ।
- औषधि अभावका कारण स्वास्थ्य चौकीहरूमा सिटामोल र अन्य अत्यावश्यक सामग्रीको अभाव भएको छ।
- युवाहरूले सूचना उपलब्ध नगराएको भन्दै गाउँपालिकामा तालाबन्दी गरेका थिए, जसले गर्दा सेवा प्रभावित भएको हो।
बैतडी । बैतडीको सुर्नया गाउँपालिकामा लामो समयसम्म तालाबन्दी हुँदा स्वास्थ्य क्षेत्र प्रभावित बनेको छ । तालाबन्दीपछि आवश्यक काम अगाडि नबढ्दा पालिकाअन्तर्गतका स्वास्थ्य संस्थामा औषधि अभाव भएको जनाइएको छ ।
स्वास्थ्य संस्थामा सिटामोल, बिटाडिन, जीवनजललगायत अत्यावश्यक औषधिको अभाव भएको सुर्नया–३ स्थित बाशुलिङ स्वास्थ्य चौकीका इन्चार्ज दलबहादुर विष्टले जानकारी दिए । औषधि अभावमा सामान्य चोटपटक लागेकालाई उपचार गर्न पनि समस्या भएको उनले बताए ।
सोही स्वास्थ्य चौकीका ‘ल्याब असिस्टेन्ट’ नरेन्द्रसिंह विष्टले सामान्य सामाग्री पनि उपलब्ध नहुँदा सुत्केरी सेवासमेत प्रभावित हुने अवस्था आएको बताए ।
गाउँपालिकाका स्वास्थ्य संयोजक रामसिंह महराले पनि गाउँपालिकाअन्तर्गतका स्वास्थ्य चौकीबाट औषधिलगायत स्वास्थ्य उपकरण अभावबारे गुनासो आइरहेको बताए । गाउँपालिकाले स्वास्थ्य उपकरणसहित औषधि आपूर्तिका लागि बोलपत्र आह्वान गरिए पनि तालाबन्दीका कारण सम्झौता नहुँदा औषधि खरिद प्रक्रिया अघि बढाउन नसकिएको उनले जानकारी दिए ।
यहाँ आफूहरूले मागेको सूचना उपलब्ध नगराएको भन्दै गत असोज २४ गते ‘जेनजी’ पुस्ताका युवाहरूले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए । सहमतिका लागि छलफल भए पनि कुनै सहमति हुन नसक्दा स्वास्थ्यलगायत अत्यावश्यक सेवा प्रभावित भइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
-
कांग्रेसको संस्थापन इतर पक्षले भोलि आइतबार विराटनगरमा भेला गर्दै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण