गौरको सिरक–डसना पसलमा भीषण आगलागी, १० लाख क्षतिको अनुमान
सारांश
- रौतहटको गौर नगरपालिकामा रहेको एक सिरक-डसना पसलमा आगलागी हुँदा १० लाख बराबरको क्षति भएको छ।
- विद्युत सर्टका कारण लागेको आगोलाई प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइयो।
- आगलागीबाट पसलमा रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भए, तर मानवीय क्षति भने भएन।
चन्द्रपुर । रौतहटको गौर नगरपालिका–५ हनुमान चोक नजिकै रहेको वीरेन्द्र चौरसियाद्वारा सञ्चालित एउटा सिरक–डसना पसलमा शनिबार दिउँसो भीषण आगलागी भएको छ ।
दिउँसो करिब अढाई बजेतिर भएको यस आगलागीमा पसलभित्रका सबै सामग्री जलेर नष्ट भएका छन् ।
प्रारम्भिक अनुसन्धानअनुसार करेन्ट सर्टका कारण जस्ताको छानो भएको कच्ची घरमा रहेको यस पसलमा आगो लागेको हो । जिल्ला प्रहरी प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालले दिएको जानकारीअनुसार आगलागीबाट १० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।
आगलागीको खबर पाउनासाथ जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोली, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीयवासीको सहयोगमा दमकल प्रयोग गरी आगो नियन्त्रणमा लिइएको थियो । दिउँसो साढे ३ बजेतिर आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
यस घटनामा कुनै मानवीय तथा चौपायाको क्षति नभए भए पनि पसलभित्र रहेका सम्पूर्ण सामग्रीहरू जलेर नष्ट भएका छन् । जसमध्ये १ थान मोटर, १ थान डस्ना बनाउने मेसिन, १२ बोरा कपास, १५ बोरा डस्ना कपडा, २ पोका रुई, २० पिस तन्ना, ३० पिस तकिया, २५ पिस तयारी सिरक, २ थान बेन्च, २ थान टेबल, १ थान टीभी, २ थान पंखा र १८ पिस टेन्ट कपडा समावेश छन् ।
स्थानीयले समयमै खबर गरी सहयोग गरेकाले आगो अन्य घरहरूमा फैलिन नपाएको प्रहरीले जनाएको छ । प्रहरीले विद्युत् सर्टका कारण आगो लागेको प्रारम्भिक जानकारी दिए पनि यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण