प्रचण्ड भन्छन्– नेताका घरमा एकाध करोड रुपैयाँ हुनसक्छ, तर मैले घरमा राख्दैनथिए !
सारांश
- नयाँ कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले शीर्ष नेताको घरमा केही करोड हुनु सामान्य बताए।
- प्रचण्डले आफूले घरमा पैसा नराख्ने र साथीहरूलाई राख्न दिने गरेको बताए।
- उनले जेनजी आन्दोलनमा घरमा एक लाख मात्रै भेटिएको र ट्रकमा पैसा लगेको कुरा झुटो भएको दाबी गरे।
काठमाडौँ । नवगठित नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक पार्टीका शीर्ष नेताको घरमा एकाध करोड रुपैयाँ हुनु सामान्य कुरा भएको बताएका छन् ।
एक टेलिभिजन अन्तरवार्तामा यस्तो बताएका हुन् । आफूले घरमा खासै पैसा राख्ने नगरेको समेत उनले बताए । पार्टी, नेता कार्यकर्ता व्यवस्थापनका लागि शीर्ष नेताको घरमा त्यति रकम हुनु ठुलो कुरा नभएको पनि प्रचण्डको भनाई छ ।
‘एकाध करोड हुन सक्छ । तर मैले घरमा पैसा राख्दैनथेँ’, तत्कालीन माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले भनेका छन्, ‘साथीहरुकैमा राखिदिन्थेँ । अलिअलि गरेर, बरु १० लाख, ५ लाख, ४ लाख गरेर विभिन्न ठाउँमा राख्दा सुरक्षित पनि हुन्छ र सजिलो पनि हुन्छ भनेर ।’
उनले त्यसरी राख्दा पार्टीभित्र के हो भनेर प्रश्न नउठ्ने भएकाले विभिन्न ठाउँमा लगेर राख्ने गरेको बताए । तर त्यसरी राखेको रकमबारे साथीहरूलाई पनि थाहा हुने गरेको प्रचण्डको भनाइ छ ।
अन्तर्वार्ताका क्रममा उनले जेनजी आन्दोलनमा आगजनी भएको आफ्नो घरबाट एक लाख नगद मात्रै भेटिएको दाबी पनि गरेका छन् । प्रचण्डले आगजनी हुनुअघि नै दुई ट्रक पैसा अन्तै लगेको भनेर गरिएको प्रचारबाजीमा सत्यता नभएको पनि दाबी गरेका छन् ।
उनले त्यसबारे सचिवालयबाट खण्डन गरिसकेको भन्दै त्यो प्रचार सय प्रतिशत झूटो भएको बताएका छन् । ‘केको ट्रकमा लाने ? हावा कुरा’, प्रचण्डले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेश सभाको बैठक बुधबार दिउँसो १ बजे बस्ने
-
निस्वार्थ भावले मानव सेवामा समर्पित हुनु नै सबैभन्दा ठुलो धर्म : राष्ट्रपति
-
ओली–प्रचण्डको निचोड : तत्काल पार्टी एकता असम्भव
-
दुई जना नेपाली युवा चिनियाँ सुरक्षाकर्मीको नियन्त्रणमा
-
स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपति पदको अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु
-
अब वीरेन्द्रनगरमा ‘लाइन होइन, अनलाइन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण