केपी ओलीको प्रश्न : प्रधानमन्त्रीजी कस्तो चुनाव गर्न खोजेको ?
सारांश
- केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीलाई कस्तो चुनाव गराउन खोजेको भन्दै प्रश्न गरे।
- ओलीले दलहरूलाई सभा,सम्मेलन गर्न नदिएको भन्दै सरकारको आलोचना गरे।
- उनले शान्ति सुरक्षा र सुशासनका लागि एमालेले कुनै कसर बाँकी नराख्ने बताए।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीलाई कस्तो चुनाव गराउन खोजेको हो भन्दै प्रश्न गरेका छन् ।
बुधबार काठमाडौँमा स्थानीय तहका जनप्रतिनिधिहरूसँगको छलफलमा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले दलहरूलाई सभा,सम्मेलन नै गर्न नदिएर सरकारले कस्तो चुनाव गर्न खोजेको हो भन्दै कार्की सरकारमाथि प्रश्न गरेका हुन् ।
एमाले नेताहरू सिमरा जान लाग्दा जेनजीका नाममा बारामा प्रदर्शन भएको र सोही प्रदर्शनका कारण विमान सेवा ठप्प हुनुका साथै कर्फ्यु लगाइएको घटनालाई जोड्दै ओलीले प्रधानमन्त्री कार्कीलाई उक्त प्रश्न गरेका हुन् ।
‘सरकार चुनाव चुनाव भन्छ । भेला गर्न नदिने, सभा गर्न नदिने । म प्रधानमन्त्रीजीलाई सोध्न चाहन्छु–कस्तो चुनाव गर्न चाहनुहुन्छ प्रधानमन्त्री जी ?’, ओलीको प्रश्न छ ।
५०, ६० जनाले ढुंगामुढा गरेर एयरपोर्ट नै बन्द हुने कस्तो देश हो भन्दै थप प्रश्न गरे । उनले जेनजी भनेर आगो लगाउने लुटपाट गर्नेहरूलाई नियन्त्रण लिन माग गरे ।
उनले शान्ति सुरक्षा र सुशासनका लागि एमालेले कुनै कसर बाँकी नराख्ने भन्दै कानुन विपरीतका आदेश पालना गर्न जरुरी नभएको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण