अबुधाबीस्थित नेपाली राजदूतावासद्वारा सेवा प्रवाहसम्बन्धी सूचना जारी
बिहीबार, ०४ मङ्सिर २०८२, २० : ३७
काठमाडाैँ । युएईमा बसोबास गर्ने नेपालीका लागि अबुधाबीस्थित नेपाली राजदूतावासले सेवा प्रवाहसम्बन्धी सूचना जारी गरेको छ।
राजदूतावासले राहदानी, कन्सुलर, कागजात प्रमाणीकरण तथा मागपत्र प्रमाणीकरणलगायत सबै श्रमसम्बन्धी सेवाका लागि महावाणिज्यदूतावासमा सम्पर्क गर्न भनेकाे छ ।
दुबईको देइरामा नेपाली महावाणिज्यदूतावास पूर्ण रूपमा सञ्चालनमा आएपछि दुबई, फुजैरा, शारजाह, अजमान, उम्म अल क्वैन् र रस अल खैमामा बसोबास गर्ने सबै नेपाली नागरिक तथा सेवाग्राहीले अब श्रम, कन्सुलर, राहदानी तथा कागजात प्रमाणीकरणका सबै सेवा दुबईमै पाउन सक्ने रादूतावासले अनुरोध गरेको छ।
राजदूतावासले अबुधाबी एमिरेट्स तथा अल ऐन, अल धाफ्रा र रुवैस क्षेत्रमा बस्ने नेपालीले पहिलेझैँ सबै सेवा अबुधाबीस्थित नेपाली दूतावासबाटै प्राप्त गर्न सक्ने बिहीबार सूचनामार्फत जानकारी गराएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन – प्रधानमन्त्री
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा ६ जनाको उम्मेदवारी, निर्वाचनबाट नयाँ नेतृत्व चयन हुने
-
४० हजार घुससहित मनाङका नायव सुब्बा पक्राउ
-
रास्वपा बागमतीको नेतृत्व चयन गर्न मतदान सुरु
-
पाकिस्तानको दाबी – अमेरिका–इरानबिच २४ घण्टाभित्र सम्झौता हुनसक्छ
-
पाल्पामा ८४२ एचआइभी सङ्क्रमित फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण