आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फोटोफिचर

जैविक तटबन्धले जोगियो बस्ती (फोटोफिचर)

शनिबार, ०६ मङ्सिर २०८२, ११ : ४२
शनिबार, ०६ मङ्सिर २०८२

सारांश

  • मनसुन सुरु भएपछि बर्दियाका नदी तटीय क्षेत्रका बासिन्दाहरू अब त्रसित हुनुपर्दैन।
  • कर्णाली र यसका शाखा नदीहरूको कटान तथा बाढी थेग्न स्थानीयले जैविक तटबन्ध बनाएका छन्।
  • जैविक तटबन्ध सस्तो, दिगो र वातावरणमैत्री हुनुका साथै स्थानीयले नै बनाउन र मर्मत गर्न सक्छन्।

बर्दिया । हरेक वर्ष मनसुन सुरु हुनासाथ बाँके, बर्दिया, कञ्चनपुरका नदी तटीय क्षेत्रका बासिन्दाहरू त्रसित हुनुपर्थ्यो । गाउँ डुबानमा पर्थ्यो, खेतबारी बगर बन्थ्यो, घर छोडेर पशु–बालबच्चा बोकेर भाग्नुपर्थ्यो । तर अब त्यो डर हराएको छ । 

tatbandha (1)

कारण– नदी किनारमा बाँस, घाँस र स्थानीय प्रजातिका बोटबिरुवाले बनाइएको २ सय २० मिटर लामो जैविक तटबन्ध । समुदायस्तरीय विपद् व्यवस्थापन समिति र स्थानीयको श्रमदानमा बनेको यो तटबन्धले कर्णाली र यसका शाखा नदीहरूको कटान तथा बाढी थेग्ने काम गरेको छ । 

tatbandha (2)

बाँके, बर्दिया र कञ्चनपुरका दर्जनौँ नदी तटीय गाउँहरूमा यस्तै जैविक तटबन्धले किसानको जीवन सहज बनाएको छ । जैविक तटबन्ध सस्तो, दिगो र वातावरणमैत्री मात्र होइन, स्थानीयले नै बनाउन र मर्मत गर्न सक्छन् । 

tatbandha (3)

यो सफलताले बर्दियाका अन्य जोखिमयुक्त बस्तीहरूमा पनि यस्तै अभियान तीव्र बनेको छ । बाढीको कहर थेग्न अब स्थानीयको साथमा प्रकृतिको शक्ति पनि जोडिएको छ । आजको फोटो फिचरमा तटबन्ध जोगिएको बस्ती सम्बन्धी केही तस्बिरहरू ।  –न्युज एजेन्सी नेपाल

tatbandha (4)tatbandha (5)tatbandha (6)tatbandha (7)tatbandha (8)tatbandha (9)tatbandha (10)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप