शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

ओलीले भने, 'एमालेले सबैको रक्षा गर्छ, प्रधानमन्त्रीले सरकार छाड्नुपर्छ'

शनिबार, ०६ मङ्सिर २०८२, १५ : ०२
शनिबार, ०६ मङ्सिर २०८२

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई सत्ता छोड्न आग्रह गरेका छन् । 

उनले सरकार लुटपाट गरेर घर जलाएर सत्तामा आएको आरोप लगाए ।

शनिबार काठमाडौंमा आयोजित जनप्रदर्शनपछि सम्बोधन गर्दै ओलीले वर्तमान सरकारलाई चुनाव गराउने अधिकार नभएको भन्दै यो अवस्था लोकतन्त्रका लागि अनुपयुक्त भएको बताए । उनले प्रधानमन्त्रीलाई ‘तपाईंहरू लोकतन्त्र र जनता विश्वास गर्नुहुन्छ कि हुन्न भन्दै प्रश्न गरे । उनले संसद् अनुचित ढंगले विघटन गरिएको भन्दै यसलाई विधिबाट मात्र विघटन हुने जिकिर गर्दै पुनर्स्थापना हुनुपर्ने माग गरे ।

ओलीले सर्वपक्षीय सरकार बनाउन र राष्ट्रिय सहमतिबाट संविधान संशोधन गर्नुपर्ने प्रस्ताव राखे । जेनजीका माग पनि संसदबाट पूरा गर्नुपर्ने भन्दै संसद् पुनर्स्थापना गरेर संविधानको बाटोबाट हिँड्न उनले आग्रह गरे। 

राजनीतिक दलहरूलाई सम्बोधन गर्दै ओलीले भावनामा नबग्न र एकछिनलाई भ्रममा नपर्न पनि आग्रह गरे । उनले प्रतिशोधको भावनाले लोकतन्त्र जाँदा ताली पिट्न नहुने भन्दै सबै राजनीतिक दलहरूलाई आग्रह, पूर्वाग्रहको हिसाबले नसोच्न र यो असंवैधानिक सरकारको पछिपछि जन्तीजस्तो नलाग्न आग्रह गरे। नागरिक समाज र सञ्चारमाध्यमहरूलाई उनले त्रासदीपूर्ण अवस्था भन्दै नडराउन आग्रह गरे । नेकपा एमालेले प्रेस स्वतन्त्रताको रक्षा गर्ने भन्दै देशको पक्षमा उभिन पनि उनको आग्रह थियो । 

‘राज्यले हाम्रा साथीहरूलाई सिमरा जान रोक्यो । त्यहाँ पुर्‍याउन होइन रोक्यो । उद्योगधन्दा लुटियो । यो देशलाई गरिब बनाउन लुटिए । उद्योगहरू लुटियो देशलाई कंगाल बनाउन लुटियो,’ उनले भने, ‘टोलटोलमा स्वयंसेवक दस्ता बनाएका छौँ । यसबाट आत्तिनुपर्दैन । यसले कुनै पत्रकार धम्क्याउन छैन । कसैका घरमा आगो लगाउन जाँदैन । कसैका घर लुटपाट गर्दैन । यसले त्यस्ता लुटपाट गर्नेहरूलाई रोक्छ । सम्झाउँछ । त्यसैले डराउनुपर्ने अवस्था छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप