शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

नेता कार्यकर्तालाई पुरानो पार्टीको नाम बिर्सन माधव नेपालको आग्रह

आइतबार, ०७ मङ्सिर २०८२, १९ : ३१
आइतबार, ०७ मङ्सिर २०८२

जनकपुरधाम । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले अब नेता तथा कार्यकर्ताले माओवादी, एकीकृत समाजवादीजस्ता पुराना पार्टीको नाम बिर्सेर नयाँ नाम अगाडि बढाउनेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् ।

सर्लाहीको लालबन्दीमा आज आयोजित जिल्लास्तरीय कार्यकर्ता भेटघाट कार्यक्रममा उनले समाजवाद, न्याय र सम्मानको व्यवस्था स्थापना गर्ने लक्ष्यसहित ११ राजनीतिक घटक एकीकृत भएर नयाँ नेपाली कम्युनिस्ट पार्टी गठन भएको स्मरण गराउँदै एकतापछि जिल्लामा पहिलोपटक औपचारिक कार्यक्रम सम्पन्न भएको बताए ।

सहसंयोजक नेपालले आगामी मंसिर २० गते प्रदेश राजधानी जनकपुरमा आयोजना गरिएको बृहत् सन्देशसभालाई सफल बनाउन सबै नेता–कार्यकर्तालाई सक्रिय बन्न निर्देशन दिए । उनका अनुसार जनताको चाहना पूरा गर्ने उद्देश्यले एकीकृत पार्टी निर्माण गरिएको हो ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका उनले नौजवान, युवा र महिलालाई अझ सशक्त रुपमा अगाडि बढाउन पार्टी जिम्मेवार रहने बताए । साथै उनले नेता–कार्यकर्तालाई जनतामाझ गएर समस्या सुन्ने र समाधानमा जुट्न पनि आह्वान गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप