कोटेश्वरमा बसबाट खसेका सह चालकको मृत्यु
आइतबार, ०७ मङ्सिर २०८२, १९ : ५७
काठमाडौँ । काठमाडौँको कोटेश्वरमा बसबाट खसेका सह चालकको मृत्यु भएको छ ।
जडीबुटीबाट बानेश्वर तर्फ जाँदै गरेको बा.३ ख ७३८७ नम्बरको बसका सहचालक आइतबार दिउँसो सडकमा खसेका थिए । मृत्यु हुनेमा भक्तपुर नगरपालिका–१० बस्ने ४० वर्षीय सुरेन्द्र गाले छन् ।
सडकमा खसेपछि उनलाई सोही बसले किचेको र उपचारको क्रममा उनको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।
बस चालक भक्तपुर बस्ने ४२ वर्षीय महेन्द्र मकाजुलाई प्रहरीले पक्राउ गरेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण