कैलालीमा प्रहरीको स्वीप अपरेसन : एक हप्तामा १४९ जना पक्राउ
सोमबार, ०८ मङ्सिर २०८२, ११ : ०२
सारांश
- कैलाली प्रहरीले एक हप्तामा १४९ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
- प्रहरीले मङ्सिर १ गतेदेखि ७ गतेसम्म स्वीप अपरेसन सञ्चालन गरेको थियो।
- पक्राउ परेका प्रतिवादीहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालतमा पठाइएको छ।
कैलाली । कैलाली प्रहरीले एक हप्तामा १४९ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय र सो कार्यालय मातहतका कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले मङ्सिर १ गतेदेखि ७ गतेसम्म सञ्चालन गरेको स्वीप अपरेसनबाट १४९ जना फरार प्रतिवादी पक्राउ परेका हुन् ।
जिल्ला अदालत कैलालीले विभिन्न मितिमा फैसला गरी कैद तथा जरिवाना तिर्न बाँकी रहेका फरार प्रतिवादीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार सिंहले जानकारी दिएका छन् ।
पक्राउ परेका फरार प्रतिवादीहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालतमा पठाइएको सिंहले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन – प्रधानमन्त्री
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा ६ जनाको उम्मेदवारी, निर्वाचनबाट नयाँ नेतृत्व चयन हुने
-
४० हजार घुससहित मनाङका नायव सुब्बा पक्राउ
-
रास्वपा बागमतीको नेतृत्व चयन गर्न मतदान सुरु
-
पाकिस्तानको दाबी – अमेरिका–इरानबिच २४ घण्टाभित्र सम्झौता हुनसक्छ
-
पाल्पामा ८४२ एचआइभी सङ्क्रमित फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण