हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु
मङ्गलबार, ०९ मङ्सिर २०८२, १० : १०
सारांश
- कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भयो।
- हात्तीले घर भत्काउँदा भाग्ने क्रममा महिला घाइते भइन् र उनको अस्पतालमा मृत्यु भयो।
- प्रहरी घटनास्थल पुगेर उद्धारमा जुट्यो र शव परीक्षणका लागि अस्पतालमा राखियो।
महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ स्याउलेमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएकाे छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसारशुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको हात्तीको आक्रमणमा परी भीमदत्त नगरपलिका–१४ की ४५ वर्षीया धाना विष्टको आज विहान मृत्यु भएकाे हाे ।
हात्ती बस्तीमा पसेर विष्टको घर भत्काउने क्रममा ज्यान जोगाउन भाग्दै गर्दा उनलाई हात्तीले गम्भीर घाइते बनाएकाे थियाे। विष्टको उपचारका क्रममा महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएकाे हाे ।
जङ्गली हात्ती गाउँ पसेर स्थानीयको घर भत्काउन लागेको खबरपछि निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनी र झोलुङ्गे पुल प्रहरी पोष्टबाट प्रहरी टोली घटनास्थल पुगेर उद्धार कार्यमा जुटेकाे छ। शव परीक्षणका लागि अस्पतालमै राखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
-
कांग्रेसको संस्थापन इतर पक्षले भोलि आइतबार विराटनगरमा भेला गर्दै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण