राष्ट्रिय सभा गृहमा जुटे कांग्रेसको विशेष महाधिवेशन पक्षधर, तस्बिरहरू
काठमाडौँ । नेपाली कांग्रेसमा विशेष महाधिवेशन माग गरेकाहरूले काठमाडौँको राष्ट्रियसभा गृहमा भेला गरेका छन् ।
बुधबार कांग्रेसका पुराना नेता ओमकार श्रेष्ठको अध्यक्षतामा भइरहेको भेलामा विशेष महाधिवेशन माग्ने नेताहरूले उनीहरूले सम्बोधन गरिरहेका छन् ।
कांग्रेसको १४ औँ महाधिवेशनमा २ हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गरेर संकलन गरेको हस्ताक्षर गत असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएका थिए ।
आफूहरूको सो माग बमोजिम विशेष महाधिवेशन गर्न दबाब दिने उद्देश्यले उनीहरूले भेला गरेका हुन् ।
गत असोज २८ गतेबाट सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशनको मिति तोक्न सकिरहेको छैन । महाधिवेशन सरकारले फागुन २१ गतेका लागि तोकेको निर्वाचनअघि गर्ने कि पछि गर्ने भन्नेमा कांग्रेसभित्र विवाद छ । त्यही विषयमा छलफल गर्नका लागि बिहीबार केन्द्रीय कार्यसमिति बैठक बोलाइएको छ ।
त्यही बैठकको पूर्वसन्ध्यामा उनीहरूले भेला गरेका हुन् ।



















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्को हप्ता औषधि परामर्श परिषद्को बैठक बस्दै, औषधि मूल्य समायोजनबारे निर्णय हुने
-
१३१ दिनपछि यसरी गरिँदैछ अयातोल्लाह अली खामेनेईको अन्त्येष्टि
-
४ निकाय सचिवविहीन, ६ सचिव जगेडामा
-
शपथका लागि घण्टीघरमा जमघट, तस्बिरहरू
-
८ विश्वविद्यालयको उपकुलपतिका लागि ३/३ जनाको नाम टुंगियो, अब निर्णयको तयारी
-
निरन्तर १२ खेलमा अपराजित बन्यो मेक्सिको, जम्मा दुई गोल खाँदा २३ गोल गर्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण