युक्रेन शान्ति योजना : अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूतले रुसमा छलफल गर्ने
सारांश
- अमेरिकी दूत स्टिभ विटकफले युक्रेन शान्ति योजनाबारे रुससँग छलफल गर्ने भएका छन्।
- युक्रेनले ह्वाइट हाउससँग साझा बुझाइमा पुगिएको जनाएपछि यो समाचार आएको हो।
- ट्रम्पले युक्रेनमा शान्ति स्थापनाका लागि २८ बुँदे मस्यौदा योजना अघि सारेका छन्।
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले आगामी हप्ता रुससँग युक्रेन शान्ति योजनामाथि छलफल गर्ने भएका छन् । अमेरिकाले युक्रेनमा जारी युद्ध अन्त्य गर्न राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको योजना पूरा गर्न जोड बल गरिरहँदा विटकफ रुस जान लागेका हुन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका निकटस्थ विदेशी नीति सहयोगी युरी यशकोभले पनि विटकफको आसन्न भ्रमणको पुष्टि गरेका छन् । सम्भावित शान्ति सम्झौतामा ह्वाइट हाउससँग साझा बुझाइमा पुगिएको युक्रेनले बताएपछि यो सामाचार बाहिर आएको हो ।
गत हप्ता ट्रम्पले युक्रेनमा शान्ति स्थापनार्थ २८ बुँदे मस्यौदा योजना अघि सारेपछि सो योजनामाथि व्यापक छलफ भइरहेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले दुवै पक्षबाट थप इनपुट लिएर योजनालाई अझै राम्रो पारिएको बताएका थिए । ट्रम्पले आफ्ना ज्वाइँ जेरेड कुशनर पनि रुससँगको छलफलमा उपस्थित हुनसक्ने बताएका छन् ।
यसअघिका कूटनीतिक वार्ताहरूमा कुशनरले ह्वाइट हाउसको सल्लाहकारको रूपमा पनि काम गरेका थिए । सम्झौतामा सीमालाई छुट्याउने कोसिस हुने ट्रम्पको भनाइ छ । ट्रम्पले युद्ध अन्त्य गर्ने सम्झौता गराउनुलाई आफ्नो विदेश नीतिको प्रमुख लक्ष्य बनाएका छन् ।
उता, रुसले आफूसँग नयाँ मस्यौदा सम्झौतामा अझै परामर्श नगरिएको भन्दै गतहप्ता भएका संशोधनहरू आफूले स्वीकार गर्न नसक्ने चेतावनी दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण