एनपीएल
एनपीएलः आज सुदूरपश्चिमसँग लुम्बिनी र जनकपुरसँग पोखरा भिड्दै
बिहीबार, ११ मङ्सिर २०८२, ०५ : ४१
सारांश
- आज कीर्तिपुर क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण अन्तर्गत दुई खेलहरू हुनेछन्।
- पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्नेछन्, जसमा सुदूरपश्चिम शीर्ष स्थानमा छ।
- दोस्रो खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ, दुवै टोलीले अहिलेसम्म जित हासिल गर्न सकेका छैनन्।
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करण अन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दुई खेल हुनेछन्।
पहिलो खेलमा दिउँसो ११ः४५ बजे सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आमनेसामने हुनेछन्। यसअघि भएका तीनवटै खेलमा जीत दर्ता गरेको सुदूरपश्चिम ६ अंकसहित शीर्ष स्थानमा रहेको छ। लुम्बिनी भने दुई खेलबाट एकमा जित हात पार्दै २ अंकसहित तालिकाको छैटौँ स्थानमा छ।
दोस्रो खेलमा साँझ ४ बजे जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्नेछन्। दुवैले अहिलेसम्म दुई–दुई खेल खेले पनि खाता खोल्न सकेका छैनन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै
-
अपडेट : भैरहवाबाट अर्को जहाजमा यात्रुहरूलाई धनगढी पुर्याइयो
-
चिनियाँ विमान खरिद प्रकरणः राज्यलाई अर्बौँ क्षति पुर्याउने मुद्दा सर्वोच्चमा
-
कुल देउता पुज्न जाँदै गर्दा भिरबाट लडेर एक जनाको मृत्यु
-
आन्तरिक आयले कर्मचारीसमेत पाल्न नसक्ने अवस्थामा सुदूरपश्चिम प्रदेश
-
सहकारी (पहिलो संशोधन) विधेयक स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण