शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

ओलीको अहङ्कारले कम्युनिस्ट पार्टी छिन्नभिन्न भयो : प्रकाश शाह

शुक्रबार, १२ मङ्सिर २०८२, १५ : १९
शुक्रबार, १२ मङ्सिर २०८२

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का नेता प्रकाश शाहले एमाले अध्यक्ष केपी ओलीको अहङ्कारले नेकपा एमालेमा पहिरो गएको बताएका छन् । 

नेकपाले सुदूरपश्चिमको धनगढीमा शुक्रबार आयोजना गरेको एकता सन्देश सभामा बोल्दै उनले ओलीको अहङ्कारका कारण कम्युनिस्ट पार्टी छिन्नभिन्न भएको आरोप लगाए । एमालेका पूर्वकेन्द्रीय सदस्य समेत रहेका उनले ओलीको कठालो नेपाली कम्युनिस्ट पार्टीले समात्ने जिकिर गरे ।

‘केपी ओलीको अहङ्कारले एमालेमा पहिरो गइरहेको छ । ओली नेतृत्वमा आएपछि पार्टी विभाजन भएको छ । नेपालीको गुनले नपुगेर जेनजीको खुन चाहियो । तानाशाही बिरालोलाई कठालो समाएर नेपालीलाई न्याय दिन सक्ने नेपाली कम्युनिस्ट पार्टी रहेको छ’, उनले भने ।

शाहले त्यहाँको मातृ भाषाको गीतमार्फत प्रचण्ड र माधवले फाटेको मनलाई जोड्ने काम बताए । नेपाली कम्युनिस्ट पार्टी फेरि छिन्न भिन्न नहोस् र आन्तरिक विवाद जनतालाई थाहा नहोस् भनेर नेतृत्वलाई  सुझाव दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप