कम्युनिस्ट पार्टीमा अब कुनै पुच्छर झुन्ड्याउन आवश्यक छैन : प्रचण्ड
शुक्रबार, १२ मङ्सिर २०८२, १६ : ४९
सारांश
- प्रचण्डले कम्युनिस्ट पार्टीमा कुनै पुच्छर राख्न आवश्यक नभएको बताए ।
- उनले नेकपाको एकता सन्देश सभामा सम्बोधन गर्दै यस्तो धारणा राखेका हुन् ।
- प्रचण्डले नेपाली कम्युनिस्ट पार्टी सबैको विचार अट्न सक्ने पार्टी भएको बताए ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट पार्टीमा कुनै पुच्छर राख्न आवश्यक नभएको बताएका छन् । सुदूरपश्चिमको धनगढीमा शुक्रबार नेकपाले गरेको एकता सन्देश सभामा सम्बोधन गर्दै प्रचण्डले नेपाली कम्युनिस्ट पार्टी सबैको विचार अट्न सक्ने पार्टी भएको बताएका हुन् ।
‘अब कम्युनिस्ट पार्टीमा कुनै पुच्छर राख्न आवश्यक छैन । नेपाली कम्युनिस्ट पार्टीमा अब एकीकृत समाजवादी छैन । माओवादी छैन । अरू कुनै केन्द्र छैन । सबै एउटै पार्टीमा समाहित भएका छौँ । विगतमा कम्युनिस्ट पार्टी नेपाल भनेर भूगोलको नाम राखियो । किनकि पार्टी जनताको हुन्छ । त्यसै भएर हामीले नेपाली कम्युनिस्ट पार्टी बनायौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकता भएको ७ महिनामा पनि नेकपाको केन्द्रीय कार्य समितिले पाएन पूर्णता
-
नयाँ बजेटले गाडीको मूल्य बढाउने नाडाको निष्कर्ष
-
भेपमा लुकाएर सुन तस्करी प्रकरण : नायब सुब्बा खड्कालाई थुनामा पठाउने आदेश
-
अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
-
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, विदेश मन्त्रालयका अतिरिक्त सचिवद्वारा स्वागत
-
स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार संरक्षण गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण