ह्वाट्सएपमा आएको बिहेको निम्तो खोल्नासाथ खाताबाट ३१ हजार रुपैयाँ गायब
सारांश
- सामाजिक सञ्जाल प्रयोग गरी ठगी गर्ने गिरोहले ह्वाट्सएपमार्फत बैंक खाताबाट रकम चोरेका छन्।
- भारतको बिजनौर र अमरोहा क्षेत्रमा विवाहको निमन्त्रणा पठाएर ठगी गर्ने घटना बढेको छ।
- लिंकमा क्लिक गर्दा भाइरस सक्रिय भई बैंक खाताबाट रकम चोरी हुने गरेको पाइएको छ।
काठमाडौँ । सामाजिक सञ्जाल प्रयोग गर्दै ठगी गर्ने गिरोहले विभिन्न उपाय अपनाउन थालेका छन् । पछिल्लो समय ह्वाट्सएप प्रयोग गरी यस्ता गिरोहले बैंक खाताबाट रकम लगेको घटनाले धेरैको ध्यान आकृष्ट गरेको छ ।
भारतको उत्तर प्रदेश राज्यको बिजनौर र अमरोहा क्षेत्रमा यस प्रकारको ठगी निकै बढेको बताइएको छ । ठगी गर्ने गिरोहले मोबाइल प्रयोगकर्ताको ह्वाट्सएपमा विवाहको निमन्त्रणा कार्ड पठाएर मानिसलाई आफ्नो जालमा पार्ने गरेका हुन् । दुई महिना यता बिजनौरमा मात्र यस्ता १५ वटा घटना प्रकाशमा आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
धामपुर निवासी डा. ओमप्रकाश चौहानका अनुसार उनलाई ह्वाट्सएपमा बिहेको एउटा निमन्त्रणा आएको थियो । निमन्त्रणा भनेर पठाइएको सो लिंकमा क्लिक गरेको केही मिनेटमै आफ्नो बैंक खाताबाट ३१ हजार रुपैयाँ गायब भएको उनले बताए ।
बिजनौर क्षेत्रका अतिरिक्त प्रहरी अधीक्षक डा. कृष्ण गोपालका अनुसार यस्ता फाइल ‘एपीके’ का रूपमा आउने गर्दछ । मानिसले आफूलाई बिहेको निमन्त्रणमा पठाएको त हो नि भनेर उक्त लिंकमा क्लिक गर्दासाथ उसको डिभाइसमा एउटा भाइरस सक्रिय हुने र फोन नै अर्काको नियन्त्रणमा पुग्ने बताइएको छ ।
बिजनौरमा मात्र यो वर्ष साइबर ठगीका तीन हजार ५०० भन्दा बढी केस देखिएको स्थानीय प्रहरीले जनाएको छ ।
अमरोहा जिल्लाको हसनपुरमा पनि एक महिलाको बैंक खाताबाट साइबर ठग गिरोहले साढे तीन लाख रुपैयाँ निकाल्न सफल भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण