अन्तरिक्षमा उन्नत विज्ञान र प्रविधि परीक्षण: अमेरिकी–रुसी टोलीको आठ महिनाको अभियान
सारांश
- अमेरिकी-रूसी टोलीले अन्तरिक्षमा आठ महिनाको अभियान सुरु गर्यो।
- यो अभियानमा वैज्ञानिक अनुसन्धान र प्रविधिको परीक्षण हुनेछ।
- प्रक्षेपण स्थलमा केही क्षति पुगेको छ र मर्मतको काम चाँडै सुरु हुनेछ।
मस्को । अमेरिकी–रुसी तीन सदस्यीय टोलीले बिहीबार रुसी अन्तरिक्षयानबाट प्रक्षेपण भई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा आठ महिनाको अभियान सुरु गरेको छ ।
रुसी सोयुज प्रक्षेपण यान बिहान २ः२७ बजे (बाइकोनुर, काजाकिस्तान) बाट प्रक्षेपण गरिएको थियो । यस अन्तरिक्षयानमा अमेरिकी अन्तरिक्ष यात्री क्रिस विलियम्स र रुसी सहकर्मीहरू सर्जेई मिकाएभ र सर्जेई कुद–स्भेर्चकोभ रहेका थिए । सो यान बिहान ५ः३४ बजे अन्तरिक्ष स्टेसनमा जोडिएको थियो ।
तीनै जना करिब आठ महिनासम्म यस कक्षीय स्टेसनमा बस्ने अपेक्षा गरिएको छ । अमेरिकी अन्तरिक्ष यात्री विलियम्स र मिकाएभका लागि यो पहिलो अन्तरिक्ष यात्रा हो, भने कुद–स्भेर्चकोभका लागि यो दोस्रो यात्रा हो ।
अन्तरिक्ष स्टेसनमा हाल अमेरिकी अन्तरिक्ष यात्री माइक फिन्क, जेना कार्डम्यान र जोनी किम, जापानी अन्तरिक्ष यात्री किमिया युइ र रुसी अन्तरिक्ष यात्री सर्जेई रिजिकोभ, अलेक्सी जुब्रित्स्की र ओलेग प्लेटोनभ पनि छन्।
विलियम्सले वैज्ञानिक अनुसन्धान र प्रविधि प्रदर्शन गर्नेछन्, जसले मानव अन्तरिक्ष अन्वेषणमा योगदान पुर्याउने र पृथ्वीमा जीवनलाई फाइदा पुर्याउने अपेक्षा गरिएको छ ।
रुसको अन्तरिक्ष एजेन्सी रोस्कोस्मोसले बिहीबार साँझ जारी गरेको विज्ञप्तिमा टोली स्वस्थ रहेको जनाएको छ । तर प्रक्षेपणपछि बाइकोनुरमा गरिएको नियमित निरीक्षणमा प्रक्षेपण स्थलका केही भागहरूमा क्षति पाइएको छ ।
रोस्कोस्मोसले भनेको छ, “क्षतिको मूल्याङ्कन भइरहेको छ, आवश्यक सबै प्रतिस्थापन सामग्री उपलब्ध छन् र चाँडै मर्मत गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण