शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

कुकुर लिएर संसद् परिसर पुगेकी सांसद्ले भनिन् – टोक्नेहरू त संसदभित्रै छन्

सोमबार, १५ मङ्सिर २०८२, १५ : ११
सोमबार, १५ मङ्सिर २०८२

सारांश

  • कांग्रेस सांसद रेणुका चौधरीले संसदमा कुकुर ल्याएपछि बीजेपी सांसदहरूले विरोध जनाए।
  • रेणुकाले सरकारलाई जनावर मन नपर्ने र संसदमा टोक्ने मान्छे भएको भन्दै प्रतिक्रिया दिइन्।
  • बीजेपी सांसद जगदम्बिका पालले रेणुकालाई कारबाहीको माग गरेकी छिन्।

नयाँ दिल्ली । भारतीय संसद्को शीतकालीन सत्रको पहिलो दिन सोमबार एउटा गजबको घटना भयो । जब कांग्रेस सांसद रेणुका चौधरी एउटा कुकुर लिएर संसद परिसरमा पुगिन् । यस घटनाप्रति भारतीय जनता पार्टी (बीजेपी) का सांसदहरूले कडा विरोध जनाएका छन् र यसलाई अनुचित भनेका छन् । 

रेणुका चौधरीलाई कुकुर किन संसदमा ल्याएको भनेर सोध्दा उनले भनिन्, 'सरकारलाई जनावर मन पर्दैन । यसमा के गल्ती छ ? यो सानो र कुनै हानि नगर्ने जनावर हो । टोक्ने र डस्नेहरू संसदमा छन्, कुकुर होइनन् ।'

वास्तविक टोक्ने र डस्नेहरू संसदमा बसेर सरकार चलाइरहेका भन्दै उनले कडा उत्तर दिएकी थिइन् । 

रेणुकाको अभिव्यक्तिप्रति बीजेपी सांसदद्वारा कारबाही माग

यस घटनाप्रति बीजेपी सांसद जगदम्बिका पालले कडा असन्तुष्टि व्यक्त गर्दै भने, 'रेणुका चौधरी कुकुर लिएर संसदमा आइन्, यो गलत हो । उनीमाथि कारबाही हुनुपर्छ । विशेषाधिकारको अर्थ दुरुपयोग होइन ।' 

संसद्को सुरक्षा चिन्तासम्बन्धी प्रश्नमा कांग्रेस सांसदले भनिन्, 'कुन प्रोटोकल ? कतै कुनै कानुन बनेको छ र ?'

उनले घटनाको पछाडिको कारण बताइन् । 'बाटोमा आइरहेकी थिएँ । त्यहाँ स्कुटर र कार ठोक्कियो । त्यसको अगाडि यो सानो पिल्ला (कुकरको बच्चा) निस्किएर आयो । यो चारैतिर सडकमा घुमिरहेको थियो । मैले सोचेँ कि यो पाङ्ग्रा मुनि आउला । त्यसैले मैले उठाएर गाडीमा राखें र संसद आएँ अनि फिर्ता पठाइदिएँ,' उनले स्पष्ट पारिन् ।

गाडी पनि गएको र कुकुर पनि फिर्ता भइसकेकाले कुन कुराको चर्चा चलिरहेको हो भन्दै उनले प्रश्न गरिन् । 

रेणुका राज्यसभा सांसद हुन् र २०२४ मा तेलंगानाबाट पुनः माथिल्लो सदनमा चुनिएकी छन् । उनी लामो समयदेखि कांग्रेसकी वरिष्ठ नेता रहँदै आएकी छन् र महिला तथा बाल विकास र पर्यटन मन्त्रालयमा स्वतन्त्र प्रभार मन्त्रीका रूपमा काम गरिसकेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप