राजनीति
मधेसका मुख्यमन्त्रीद्वारा भोलि विश्वासको मत लिने घोषणा
सांसदहरूले सहयोग गर्ने विश्वास
मङ्गलबार, १६ मङ्सिर २०८२, १८ : २०
जनकपुरधाम । मधेसका मुख्यमन्त्री सरोज यादवले बुधबार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री यादवले मंगलबार पत्रकार सम्मेलन गर्दै भोलि दिउँसो २ बजे विश्वासको मत लिने बताएका हुन् ।
प्रदेश प्रमुखको कार्यालयबाट पत्र प्राप्त भएको जानकारी दिँदै उनले भने ‘बुधबार दिउँसो २ बजेसम्म विश्वासको मत लिनेछु ।’
उनले विश्वासको मत लिनको लागि प्रदेशसभा सचिवालयलाई पत्र पठाउन लागेको बताए ।
मुख्यमन्त्री यादवले आफूलाई प्रदेशसभा सदस्यहरूले सहयोग गर्ने विश्वास समेत व्यक्त गरे ।
सोमबार साँझ सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरहाबाट २८ किलो गाँजासहित तीन जना प्रहरी नियन्त्रणमा
-
१० महिनामा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता ४७ अर्ब ६१ करोड, जेठमा २ अर्ब २९ करोड
-
डीएभी कलेजको भवनबाट हामफालेका विद्यार्थीको उपचारको क्रममा मृत्यु
-
विज्ञ अर्थमन्त्रीले ल्याएको बजेटले दुरदराज देखेनः सांसद महर
-
कर्णाली प्रदेशको अधिवेशन स्थगन गर्न नन्दकिशोर बस्नेतले दिए उजुरी
-
माओवादीको उदय र अवसानबाट रास्वपाले सिक्नुपर्ने पाठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण