१०४ किलोभन्दा बढी गाँजासहित दुई जना पक्राउ, मारुती सुजुकी कार बरामद
वीरगञ्ज । पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर २, रंगपुरबाट १०४ किलो ३२५ ग्राम लागुऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साको विद्युतीय अपराध अनुसन्धान शाखाले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार २०८२ मंसिर १५ गते दिउँसो ३ बजेको समयमा उनीहरूलाई नियन्त्रणमा लिइएको पर्साका नायब उपरीक्षक तथा प्रवक्ता राजु कार्कीले जानकारी दिए ।
लागुऔषध ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहतको प्रहरी चौकी पटेर्वासुगौलीबाट खटिएको प्रहरी टोलीले सवारी साधन तथा पैदल यात्रुहरूलाई जाँच गर्ने क्रममा मनवाबाट रंगपुरतर्फ जाँदै गरेको बीएबी १३९८ नम्बरको मारुती सुजुकी कारलाई रोकी खानतलासी गरेको थियो ।
त्यस क्रममा उक्त कारभित्र प्लाष्टिकले लुकाई छिपाई राखेको अवस्थामा १० पोकामा गाँजाजस्तो देखिने पदार्थ १०४ केजी ३२५ ग्राम फेला परेको थियो ।
पक्राउ पर्नेहरूमा मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ८, महाबिर टोलका २२ वर्षीय भीम स्याङ्तान ९चालक० र मकवानपुरगढी गाउँपालिका वडा नम्बर ९, आपटारका २८ वर्षीय कुमार स्याङ्तान रहेका छन्। प्रहरीले लागुऔषध र कारसहित दुवै जनालाई नियन्त्रणमा लिई लागुऔषधसम्बन्धी कसूरमा थप अनुसन्धान कार्य अगाडि बढाएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० महिनामा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता ४७ अर्ब ६१ करोड, जेठमा २ अर्ब २९ करोड
-
डीएभी कलेजको भवनबाट हामफालेका विद्यार्थीको उपचारको क्रममा मृत्यु
-
विज्ञ अर्थमन्त्रीले ल्याएको बजेटले दुरदराज देखेनः सांसद महर
-
कर्णाली प्रदेशको अधिवेशन स्थगन गर्न नन्दकिशोर बस्नेतले दिए उजुरी
-
माओवादीको उदय र अवसानबाट रास्वपाले सिक्नुपर्ने पाठ
-
‘गदर : एक प्रेम कथा’ को २५ वर्ष, सम्झनामा अमरीश पुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण