सीमा क्षेत्रमा कडाइ, अवैध प्रवेशमा निगरानी
सारांश
- सिरहा प्रशासनले सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ।
- अपरिचित व्यक्तिहरूको अवैध प्रवेश रोक्न जाँचमा कडाइ गरिएको छ।
- शङ्कास्पद व्यक्ति देखिएमा सुरक्षा निकायलाई खबर गर्न आग्रह गरिएको छ।
सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले सीमावर्ती नाकाबाट परिचय नखुलेका र शङ्कास्पद व्यक्तिको अवैध प्रवेश रोक्न थालेको छ । प्रशासनले आज एक सूचना जारी गर्दै सीमा क्षेत्रमा सुरक्षा निकायबाट सुरक्षा व्यवस्थालाई थप बलियो पारिएको जनाएको हो ।
“सीमावर्ती नाकाबाट परिचय नखुलेका शङ्कास्पद् व्यक्ति अवैध ढङ्गबाट यस जिल्लामा प्रवेश गर्न सक्ने हुँदा सीमावर्ती क्षेत्रमा सुरक्षा निकायबाट जाँचमा कडाइ गरिएको छ”, सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जारी गरेको सूचनामा उल्लेख छ, “आमनागरिक, व्यवसायी र समुदायलाई सजग रहन र यदि कुनै अपरिचित व्यक्ति वा समूह देखापरेमा नजिकको सुरक्षा निकायलाई जानकारी दिनको लागि आग्रह छ ।”
कार्यालयले कुनै पनि परिचय नखुलेका अपरिचित व्यक्तिलाई समुदायमा बसोबास गर्न नदिन र कुनै पनि कामकाजमा संलग्न नगर्न नगराउन पनि अनुरोध गरेको छ ।
जिल्लासँग नेपाल–भारतबिच करिब ४० किलोमिटर लामो सीमा जोडिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरहाबाट २८ किलो गाँजासहित तीन जना प्रहरी नियन्त्रणमा
-
१० महिनामा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता ४७ अर्ब ६१ करोड, जेठमा २ अर्ब २९ करोड
-
डीएभी कलेजको भवनबाट हामफालेका विद्यार्थीको उपचारको क्रममा मृत्यु
-
विज्ञ अर्थमन्त्रीले ल्याएको बजेटले दुरदराज देखेनः सांसद महर
-
कर्णाली प्रदेशको अधिवेशन स्थगन गर्न नन्दकिशोर बस्नेतले दिए उजुरी
-
माओवादीको उदय र अवसानबाट रास्वपाले सिक्नुपर्ने पाठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण