व्यवस्थित बस्ती विकासका लागि प्रदेश सरकार अग्रसर: मन्त्री देवकोटा
सारांश
- मन्त्री देवकोटाले व्यवस्थित बस्ती विकासमा पालिकाहरूको भूमिका महत्त्वपूर्ण हुने बताए ।
- बस्ती विकासको कार्यविधि बनाउन चुनौती रहेको र कार्यान्वयनमा जोड दिनुपर्ने कुरामा उनले जोड दिए ।
- विभिन्न पालिकाका अध्यक्षहरूले फोहर व्यवस्थापन, बजेट र भवन निर्माणका समस्याबारे धारणा राखे ।
काठमाडौँ। बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री डा दिनेशचन्द्र देवकोटाले व्यवस्थित बस्ती विकासका लागि पालिकाको भूमिका नै महत्त्वपूर्ण हुने बताएका छन् ।
बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको आयोजनामा पालिका केन्द्र–बस्ती विकास आयोजनासम्बन्धी अन्तरक्रियामा आज मन्त्री देवकोटाले बस्ती विकासको कार्यविधि बनाउन नै चुनौती रहेको बताए। पालिकाहरूलाई मन्त्रालयको तर्फबाट कार्यविधि बनाउन सबै सहयोग प्रदान गर्ने बताउँदै उहाँले कार्यविधि औचित्यका आधारमा बनाउनुपर्नेमा जोड दिए ।
“आवश्यकताअनुसार एकवर्षीय र बहुवर्षीय योजना बनाउनुपर्छ । भएका विकृति विसङ्गति कम गर्दै सुधार गर्दै जानुपर्छ । बस्ती विकासमा पालिकाको भूमिका नै महत्त्वपूर्ण हुन्छ”, उनले भने ।
मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्ठाले अहिले सहर बनिसकेका ठाउँलाई व्यवस्थित र सुधार गर्दै सहर नबनेका ठाउँका लागि अहिले नै योजना बनाएर अघि बढ्नुपर्ने बताए । “बनाएका योजना दराजमा थन्क्याएर हुँदैन, कार्यान्वयन गरिहाल्नुपर्छ, बस्ती विकासका सवालमा हामी असफल भएका छौँ”, उनले भने ।
कार्यक्रममा दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले आफ्नो नगरपालिकामा फोहर व्यवस्थापनका लागि उचित ठाउँ पर्याप्त भएकाले अन्य पालिकालाई सहयोग गर्न तयार रहेको जनाए ।
इन्द्रावती गाउँपालिका, सिन्धुपाल्चोकका अध्यक्ष झम्कनाथ नेपालले स्थानीय तहमा कनिका छराइको बजेटले कुनै उपलब्धि नहुने धारणा राखे। त्रिपुरासुन्दरी गाउँपालिका, धादिङका अध्यक्ष राजु उप्रेतीले भूकम्पपछि उचित नीति बन्न नसक्दा भवन निर्माण अस्तव्यस्त भएको सुनाउनुभयो । खाँडादेवी गाउँपालिका, रामेछापका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले अव्यवस्थित बसोबासका कारण गाउँहरु सङ्कटमा परेको बताए ।
कोन्ज्योसोम गाउँपालिका, ललितपुरका अध्यक्ष कृष्णमान लामाले काठमाडौँ उपत्यका भरिन लागि सकेको उल्लेख गर्दै अब बस्तीको अभाव हुनेतर्फ ध्यानाकर्षण गराए । कार्यक्रममा इन्जिनियर भूपेन्द्रकुमार यादवले बस्ती विकासको योजना र विषयवस्तु प्रस्तुत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनविरुद्ध मेस्सी बेन्चमा बस्ने
-
के नेपाल युगान्तकारी परिवर्तनका लागि तयार छ ?
-
एआईले तथ्य र भ्रम दुवै फैलाउन सक्छ, युवामा आलोचनात्मक चेत आवश्यक : राजदूत मेउली
-
शिव परियारको ‘यो मन अल्लारे’
-
शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व सङ्कलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
-
चिकित्सा शिक्षाको गुणस्तर सुधार्ने आयोगको नीति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण