मधेस प्रदेशसभा बैठक सुरु
बुधबार, १७ मङ्सिर २०८२, १४ : ३४
सारांश
- मधेस प्रदेशसभा बैठक सुरु भयो, मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी छ।
- सत्तापक्षका सांसद उपस्थित नभएपछि बैठक २ बजेसम्मका लागि स्थगित भएको थियो।
- सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो।
जनकपुर । मधेस प्रदेशसभा बैठक सुचारु भएको छ । बैठक केहीबेर अघि सुरु भएको हो ।
बुधबार बिहान साढे ८ बजेका लागि आह्वान गरिएको बैठक १० बजेसम्म पनि सत्तापक्षका सांसद उपस्थित नभएपछि २ बजेसम्मका स्थगित भएको थियो ।
मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिने बताएपछि प्रदेशसभा बैठक बोलाइएको थियो ।
सोमबार साँझ सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो । सर्वोच्चको आदेश अनुसार मुख्यमन्त्री यादवले आज प्रदेशसभामा विश्वासको मत लिन बताएका थिए ।
बैठक सुरु हुने वित्तिक्कै ७ दलका सांसद भने बाहिरिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरहाबाट २८ किलो गाँजासहित तीन जना प्रहरी नियन्त्रणमा
-
१० महिनामा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता ४७ अर्ब ६१ करोड, जेठमा २ अर्ब २९ करोड
-
डीएभी कलेजको भवनबाट हामफालेका विद्यार्थीको उपचारको क्रममा मृत्यु
-
विज्ञ अर्थमन्त्रीले ल्याएको बजेटले दुरदराज देखेनः सांसद महर
-
कर्णाली प्रदेशको अधिवेशन स्थगन गर्न नन्दकिशोर बस्नेतले दिए उजुरी
-
माओवादीको उदय र अवसानबाट रास्वपाले सिक्नुपर्ने पाठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण