खाली कुर्सीसँग विश्वासको मत माग्दिनँ भन्दै मुख्यमन्त्रीले दिए राजीनामा
बुधबार, १७ मङ्सिर २०८२, १५ : १९
सारांश
- मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले बुधबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन्।
- विपक्षी दलले बैठक बहिस्कार गरेपछि उनले खाली कुर्सीसँग विश्वासको मत नलिने बताए।
- उनले २२ दिनको अवधिमा गरेका कामको बारेमा सदनलाई जानकारी गराए।
काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले बुधबार पदबाट राजीनामा दिएका छन् । उनले विश्वासको मत माग्ने प्रयोजनका लागि राखिएको बैठक विपक्षी ७ दलले बहिस्कार गरेको थियो ।
बहिस्कारका बिच सदनलाई सम्बोधन गरेका उनले खाली कुर्सीसँग आफूले विश्वासको मत नमाग्ने भन्दै राजीनामा दिएको भन्दै सदनलाई जानकारी दिए । उनले आँखामा आँखा जुटाएर आउने हिम्मत विपक्षी दलमा नभएको भन्दै आक्रोश समेत पोखे ।
उनले राजीनामा दिनुअघि आफूले २२ दिनको अवधिमा गरेको कामकारबाहीका विषयमा जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरहाबाट २८ किलो गाँजासहित तीन जना प्रहरी नियन्त्रणमा
-
१० महिनामा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता ४७ अर्ब ६१ करोड, जेठमा २ अर्ब २९ करोड
-
डीएभी कलेजको भवनबाट हामफालेका विद्यार्थीको उपचारको क्रममा मृत्यु
-
विज्ञ अर्थमन्त्रीले ल्याएको बजेटले दुरदराज देखेनः सांसद महर
-
कर्णाली प्रदेशको अधिवेशन स्थगन गर्न नन्दकिशोर बस्नेतले दिए उजुरी
-
माओवादीको उदय र अवसानबाट रास्वपाले सिक्नुपर्ने पाठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण