वर्तमान सरकार जनताको आदेशमा बनेको हो : कांग्रेस नेता महर
काठमाडौँ । नेपाली कांग्रेसका नेता नैनसिंह महरले वर्तमान सरकार जनताको आदेशले बनाएको टिप्पणी गरेका छन् ।
वर्तमान सरकारको वैधतामाथि पार्टीका नेताहरूले प्रश्न गरिरहेका बेला उनले जेनजी आन्दोलनमा जनताले दिएको आदेशअनुसार सरकार बनेको बताएका हुन् ।
नेता महरले नेपालको संविधानले सार्वभौमसत्ता जनतामा निहित छ भन्ने स्पष्ट उल्लेख गरिएको स्पष्ट पार्दै सरकार त्यही जगमा निर्माण भएको तर्क गरे ।
उनले सो आन्दोलनमा घुसपैठ हुनु, राष्ट्रिय धरोहरहरू भत्काउने काम उचित नभएपनि जनताको आदेशलाई शिरोधार्य गरेर अघि बढ्नुको विकल्प नरहेको बताए । नेता महरले सरकारले पर्याप्त काम गर्न नसक्दाको परिणाम जेनजी आन्दोलन भएको र त्यसले जनताको हितमा काम गर्न सबै राजनीतिक दलहरूलाई निर्देश गरेको समेत बताए ।
बुधवार काठमाडौँमा आफूले रचना गरेको गीत बन्छ बन्छ, मेरो देश बन्छ सार्वजनिक कार्यक्रममा बोल्दै उनले देश र जनताको पक्षमा राजनीति गर्नेहरूले पर्याप्त काम नगरेपछि आफूले देश बनाउने आशा उमार्न सो गीत रचना गरेको समेत बताए ।
नेता महरले भने,‘संविधानमा लेखिएको छ–सार्वभौमसत्ता जनतामा निहित । त्यो भनेको सार्वभौम सत्ता सरकारमा होइन कि जनतामा हुन्छ । जनताले बनाएको संविधान उसलाई मन लाग्यो भने निर्देश गर्दछ । नयाँ मुभमेन्टबाट परिवर्तन हुन्छ । त्यो जनताको अधिकार हो । र अहिले जननिर्वाचित सरकार नभएपनि जनताको आदेश जसरी आन्दोलन भयो, त्यसरी होला कतै न कतै घुसपैठ होला । राष्ट्रिय धरोहर भत्किनु हुँदैनथ्यो होला । त्यो आफ्नो ठाउँमा छ । त्यो गल्ती कमजोरी भएको छ । तर हाम्रो गराई पनि पर्याप्त थिएन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
-
पूर्वप्रधानमन्त्री खनाल साताव्यापी चीन भ्रमणमा
-
स्ट्रेट अफ होर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्याङ्कर इरानी नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण