इन्फिनिक्सः ‘क्याजुअल’ देखि ‘प्रो–गेमिङ’ सम्म नेपालमा शीर्ष गेमिङ स्मार्टफोन
काठमाडौँ। नेपालमा मोबाइल गेमिङको लोकप्रियता पछिल्ला वर्षहरूमा तीव्र गतिमा बढिरहेको छ। पहिले फुर्सदमा खेलिने साधारण गतिविधिका रूपमा सीमित मोबाइल गेम आज ईस्पोर्ट्स, डिजिटल प्रतिस्पर्धा र ठूलो समुदाय निर्माणको माध्यम बनेका छन्। यही बदलिँदो प्रवृत्तिसँगै इन्फिनिक्स नेपालमा सबैभन्दा छिटो उभिएको गेमिङ स्मार्टफोन ब्रान्डका रूपमा स्थापित हुन सफल भएको छ।
‘पब्जी’, ‘फ्री फायर’, ‘एमएलबीबी’ जस्ता खेलको विस्तारसँगै नेपाली गेमरहरूले उच्च फ्रेम–रेट, बलियो ब्याट्री लाइफ र कम तात्ने फोनको माग बढाएका छन्। यही आवश्यकतालाई ध्यानमा राख्दै इन्फिनिक्सले विशेष रूपमा गेमिङ–केन्द्रित मोडेलहरू नेपाली बजारमा ल्याउन थालेको हो। जीटी ३० प्रो, हट ६० प्रो जस्ता मोडेलहरूले उत्कृष्ट डिस्प्ले, शक्तिशाली चिपसेट र डुअल स्पिकरमार्फत कन्सोल–जस्तै गेमिङ अनुभव प्रदान गर्दै लोकप्रियता कमाएका छन्।
इन्फिनिक्सले उत्पादनमा मात्र सीमित नरहेर समुदाय निर्माणलाई पनि प्राथमिकता दिएको छ। ‘होरा इस्पोर्ट्स’ जस्ता नेपाली ईस्पोर्ट्स टोलीसँगको सहकार्य, ठुला पब्जी प्रतियोगिताहरूमा स्पोन्सरशिप, र विभिन्न अफलाइन गेमिङ इभेन्टहरूको आयोजना–यी सबै गतिविधिले ब्रान्डलाई युवा गेमरहरूबीच अझ मजबुत बनाउन मद्दत गरेको कम्पनीको दाबी छ।
महँगो फोन नै गेमिङका लागि उपयुक्त हुन्छ भन्ने धारणा तोड्दै इन्फिनिक्सले बजेटमै उच्च प्रदर्शन दिने मोडेलहरू उपलब्ध गराउँदै नेपाली युवाबिच भरोसायोग्य गेमिङ स्मार्टफोनका रूपमा स्थापित भएको कम्पनीको भनाइ छ।
कम्पनीका अनुसार इन्फिनिक्स आगामी दिनहरूमा आफ्नो मोडेलहरूलाई अझ नवीन, गेमिङ–मैत्री र समुदाय–केन्द्रित बनाउँदै अघि बढ्ने लक्ष्य राखिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण