‘जेनजी’ पुस्ताको आकर्षण नेकपाप्रति बढेको छ : माधवकुमार नेपाल
सारांश
- माधवकुमार नेपालले जेनजी पुस्ताले नेकपामाथि विश्वास गरेको बताए।
- उनले एसिड पीडित मुस्कान खातुन जस्ता युवा नेकपामा आएको र अझै थुप्रै नेताहरू पार्टीमा जोडिएको बताए।
- उनले जनकपुरमा पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्दै नेकपाले मधेशको मुक्तिका लागि सङ्घर्ष गर्दै गरेको बताए।
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले जेनजी पुस्ताले पनि नेकपामाथि विश्वास गरेको दाबी गरेका छन्।
जनकपुरमा आयोजित पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले एसिड पीडित मुस्कान खातुन जस्ता युवा नेकपामा आएको र अझै थुप्रै जेनजी पुस्ताका नेताहरू पार्टीमा जोडिएको बताए। उनले देशभर जेनजी युवाको आकर्षण नेकपाप्रति बढेको दाबी गर्दै नेपाली जनताको अधिकार पूरा गराउन नेकपा अगाडि बढिसकेको बताए।
पूर्व प्रधानमन्त्री समेत रहेका सहसंयोजक नेपालले जेनजी पुस्ताको माग जायज भएको र ती मागहरू पूरा गराउन नेकपा निर्माण भएको बताए। उनले नेपाललाई समृद्ध बनाउन सबै एकीकृत हुनुपर्ने कुरामा जोड दिए।
उनले सिरहा र जनकपुर आफ्नो मामाघर रहेको बताउँदै धनुषा जिल्लाको गाउँगाउँबारे आफूलाई जानकारी रहेको बताए। नेपालले नेकपाले मधेशको मुक्तिका लागि सङ्घर्ष गर्दैछ र यसले नै मुक्ति दिलाउने विश्वास गर्न आग्रह गरे। उनले ज्येष्ठ नागरिक, दलित र मुस्लिमका लागि आवाज उठाउने पार्टी आफूहरूको पार्टी रहेको बताउँदै जनकपुरको इज्जतका लागि आफ्नो पार्टीले काम गरेको बताए।
कुनै पनि नेपाली रोजगारीका लागि विदेश जान नपरोस्, सबैले शिक्षा, स्वास्थ्य र रोजगार पाऊन् भन्ने उद्देश्यका साथ कम्युनिष्ट पार्टीहरू एकीकृत भएको दाबी गर्दै उनले नेकपाप्रति नेपालीहरूको आकर्षण बढेको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खडेरी लक्षित उत्तर कोरियाको सुक्खा धान अभियान
-
अमेरिका-इरान शान्ति सम्झौताको पर्खाइमा सुनको मूल्य स्थिर
-
सेनाद्वारा सुदूरका बीस विद्यालयमा सेवादल तालिम
-
तराईमा ४० डिग्रीसम्मको गर्मी, काठमाडौँसहित पहाडी भेगमा वर्षा
-
ट्रम्पले भने, ‘इरानसँग सम्झौता भइसकेको छ, चाँडै नै सार्वजनिक हुन्छ’
-
बेइजिङमा वाङ यी र शिशिर खनालबिच भेटवार्ता : बीआरआई, व्यापार र कनेक्टिभिटीमा सहकार्य बढाउने सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण