आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

क्रियाशील सदस्यताबारे कार्यवाहक सभापति र महामन्त्रीद्वयले जिल्ला सभापतिहरूसँग छलफल गर्ने

मङ्गलबार, २३ मङ्सिर २०८२, १५ : ०१
मङ्गलबार, २३ मङ्सिर २०८२

सारांश

  • नेपाली कांग्रेसका कार्यवाहक सभापति र महामन्त्रीहरूले जिल्ला सभापतिहरूसँग भर्चुअल संवाद गर्ने भएका छन्।
  • भर्चुअल संवादमा क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणबारे छलफल हुनेछ।
  • प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार सिफारिसबारे पनि कुराकानी हुनेछ।

काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काका साथै महामनत्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको क्रियाशील सदस्यता नवीकरण र वितरणको सम्बन्धमा जिल्ला सभापतिहरूसँग भर्चुअल संवाद गर्ने भएका छन् ।

बुधबार बिहान ८ बजेदेखि ७७ वटै जिल्ला सभापतिसँग महाधिवेशनका सन्दर्भमा कार्यवाहक सभापति खड्का र महामन्त्रीद्वय थापा र शर्माले भर्चुअल संवाद गर्ने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

‘महाधिवेशनका सन्दर्भमा कार्यवाहक सभापति र महमन्त्रीहरूले जिल्ला सभापतिहरूसँग भर्चुअल संवाद गर्दै हुनुहुन्छ,’ मुख्यसचिव पौडेलले रातोपाटीसँग भने, ‘भोलि बिहान ८ बजेबाट सुरु हुन्छ ।’

छलफलमा क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणबारे कुराकानी हुनेछ । त्यस्तै प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार सिफारिसबारे पनि कुराकानी हुनेछ ।

१५औँ महाधिवेशन पुस २६ देखि २८ गतेसम्म गर्ने कार्यतालिका केन्द्रीय कार्यसमिति बैठकले सर्वसम्मत पारित गरेको कांग्रेसमा कार्यतालिका मिचिने क्रम सुरु भइसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप