आर्थिक र राजनीतिक अन्योलताले साइडवेजमा सेयर बजार
सारांश
- यस साता सेयर बजार परिसूचक २३.८ अंकले घट्यो, जसले लगानीकर्तालाई चिन्तित बनायो।
- सातामा सेयर बजार पुँजीकरण ३० अर्ब रुपैयाँ बराबर घट्यो, र कारोबार रकममा कमी आयो।
- राजनीतिक अन्योलता र लाभांश सिजनको अन्त्यले बजारलाई कमजोर पारेको विश्लेषकहरूको भनाइ छ।
काठमाडौँ । यो साता सेयर बजार परिसूचक (नेप्से) २३.८ अंकले घटेको छ । साताको दिनमा भएको कारोबारमा चार दिन नेप्से घट्दा सेयर बजारमा सो बराबरको गिरावट आएको हो । यो अवधिमा सेयर बजार पुँजीकरण ३० अर्ब रुपैयाँ बराबर छ ।
पाँच कारोबार दिनमध्ये आइतबार बजार २१.४८ अंकले घट्यो । सोमबार ३.०२ अंकले घटेको बजारमा मंगलबार ७.३९ अंक सुधार भएको थियो । बुधबार र बिहीबार बजारले घट्ने क्रमलाई निरन्तरता दियो, जसअनुसार बजार क्रमशः ५.०३ र १.६६ अंकले गिरावट आयो ।
कारोबारका आधारमा पनि यो हप्ताको कारोबार सुखद रहेन । गत साता चार दिनमा सेयर बजारमा २१ अर्ब २६ करोड रुपैयाँको कारोबार भएकोमा सेयर बजार यो साता पाँच दिनको कारोबार २० अर्ब ७७ करोड रुपैयाँमा सीमित भएको छ ।
यो साता सेयर बजारका २ समूहको मूल्य समग्रमा बढेको छ भने बाँकी १० समूहको मूल्य घटेको छ । म्यानुफ्याक्चरिङले २.३९ प्रतिशत र जीवन बीमा समूह ०.६९ प्रतिशतको मूल्य कमाउँदा फाइनान्स समूहले सर्वाधिक २.५६ प्रतिशत मूल्य गुमाएको छ । म्युचुअल फन्ड बाहेक अरू समूहको मूल्य १ प्रतिशत भन्दा माथिले घटेको छ ।
अहिले सेयर बजार नीतिगत रूपमा खुला अवस्थामा छ । बजारमा लगानीका लागि बैंकिङ स्रोतको प्रयोगको दायरा खुला हुँदै गएका छन् । नीतिगत अनुकूलले एक्सिलेट गरेको बजारलाई आर्थिक अवस्था र राजनीतिक अन्योलताले कमजोर बनाएको विश्लेषकहरू बताउँछन् ।
ठुलो उतारचढाव नआउनु र कहिले घट्ने र कहिले बढ्ने अवस्था हुनुले बजार साइडवेजमै रहेको बुझ्न सकिने विश्लेषकहरू बताउँछन् । लाभांशको सिजन सकिँदै गएकोले पनि बजार सुधार हुन नसकेको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण