स्रोत नखुलेको ११ लाख ४७ हजार रुपैयाँसहित एक जना पक्राउ
सारांश
- रौतहट प्रहरीले स्रोत नखुलेको ११ लाख ४७ हजार रुपैयाँसहित एक व्यक्तिलाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा बाराका ३७ वर्षीय मुन्ना जैसवाल रहेका छन्, उनलाई चेकजाँचको क्रममा रकम फेला परेको हो।
- प्रहरीले रकमको स्रोत खुलाउन नसकेपछि थप अनुसन्धानका लागि जैसवाललाई नियन्त्रणमा लिएको छ।
रौतहट । रौतहटको मौलापुर क्षेत्रबाट प्रहरीले श्रोत नखुलेको ठुलो परिमाणको रकमसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको टोलीले मौलापुर–जयनगर सडकखण्डमा जाँचका क्रममा शुक्रवार अवैध रकम सहित एकजना मानिसलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी विष्णु प्रदीप बस्यालका अनुसार पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालिका–११ भगवानपुर बस्ने ३७ वर्षीय मुन्ना जैसवाल रहेका छन्। जैसवाल हरानैयाबाट मधेश प्रदेश–०३–०२३ प ३११० नम्बरको मोटरसाइकलमा चढेर जयनगर तर्फ जाने क्रममा प्रहरीले रोकी चेकजाँच गर्दा मोटरसाइकलमा झुण्ड्याइएको झोलाबाट १ हजार दरका ८३३ थान, ५०० दरका ६२५ थान र १०० दरका १५ थान गरी जम्मा ११ लाख ४७ हजार रुपैयाँ फेला परेको प्रहरी प्रवक्ता डीएसपी बस्यालले जानकारी दिएका छन्।
रकमको स्रोत खुलाउन नसकेपछि प्रहरीले जैसवाललाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय गौरमा राखेर थप अनुसन्धान अघि बढाएको छ।
प्रहरीका अनुसार मौलापुर–देवाही गोनाही सडकखण्डको लाल बकैया नदी पुल नजिकै गरिएको नियमित चेकजाँचकै क्रममा रकम बरामद भएको हो। रकम शङ्कास्पद देखिएपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण