घोराही–तुलसीपुर सडकखण्डको अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम
सारांश
- सडक डिभिजन दाङले घोराही-तुलसीपुर सडक खण्डमा १५ दिने अल्टिमेटम दिएको छ।
- सडक सीमाभित्रका अवरोध हटाउन र सडक स्तरोन्नतिमा सहयोग गर्न सूचना जारी गरिएको छ।
- तोकिएको समयमा संरचना नहटाएमा डिभिजनले भत्काउने र खर्च असुल गर्ने चेतावनी दिएको छ।
काठमाडौँ । सडक डिभिजन दाङले घोराही–तुलसीपुर सडक खण्डको दायाँबायाँ गरिएको अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम दिएको छ । डिभिजनले शनिबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै सडक सीमाभित्रका अवरोधहरू हटाउन निर्देशन दिएको हो ।
सडक डिभिजन दाङका अनुसार हाल उक्त सडक खण्डमा स्तरोन्नतिको काम भइरहेको छ । तर, सडक निर्माण क्षेत्रभित्र केन्द्र रेखादेखि १५/१५ मिटर दायाँबायाँ सवारी पार्किङ गर्ने, व्यापारिक तथा निर्माण सामग्रीहरू थुपार्ने, सडक किनारामा खुद्रा व्यापार सञ्चालन गर्ने र अस्थायी संरचनाहरू निर्माण गर्ने जस्ता कार्यले निर्माणमा असहजता सिर्जना गरेको कार्यालयले जनाएको छ ।
सूचनामा भनिएको छ, ‘सडक निर्माण कार्य गर्न असहजता हुने भएकोले उल्लेखित क्रियाकलापहरू नगर्नु र नगराउनुहुन तथा गरेको भए १५ दिनभित्र हटाउन यो सूचना प्रकाशन गरिएको छ ।’
तोकिएको १५ दिनको अवधिभित्र सडक सीमा खाली नगरेको पाइएमा सडक डिभिजनले उक्त क्षेत्रका अनधिकृत संरचनाहरू भत्काउने वा हटाउने चेतावनी दिएको छ । साथै, यसरी संरचना हटाउँदा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट सरकारी बाँकी सरह असुल उपर गरिने पनि डिभिजनले स्पष्ट पारेको छ ।
_mdE6N9lA3X.png)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सी–किमको रणनीतिक सन्देश : चीन–उत्तर कोरिया सम्बन्ध नयाँ उचाइमा, आणविक मुद्दामा मौनता
-
सुर्खेतमा जसपा नेपालको क्षेत्रीय भेला, सङ्गठन सुदृढीकरण र निर्वाचनको समीक्षा
-
मनास्लु आरोहणको ७० वर्षः आरोहीलाई सम्मान
-
खुश्बु ओलीलाई ज्यान मार्ने धम्की, गृहमन्त्रीले भने– कानुनी कारबाही अघि बढाउँछौँ
-
अर्थमन्त्री डा. वाग्ले र रास्वपा सभापतिमाथि कांग्रेसले गर्यो प्रश्न
-
अमेरिका–इरानबिचको पछिल्लो लडाईंप्रति रुसको चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण