शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

यु–१९ एसिया कप : नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै

सोमबार, २९ मङ्सिर २०८२, ११ : २३
सोमबार, २९ मङ्सिर २०८२

काठमाडौँ । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत अहिले नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गरिरहेको छ ।

युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईस्थित द सेभेन्स रङ्शालामा बङ्गलादेशले टस जितेर पहिला फिल्डिङ रोजेको हो । प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा छ ।

यसअघि यही मङ्सिर २७ गते भएको पहिलो खेलमा नेपाल टेष्ट राष्ट्र श्रीलङ्कासँग आठ विकेटले पराजित भएको थियो ।

बङ्गलादेश भने लगातार दोस्रो जितको खोजीमा छ । उ सेमिफाइनल पुग्ने लक्ष्यका साथ मैदानमा उत्रिएको छ ।  बङ्गलादेशले पहिलो खेलमा अफगानिस्तानलाई १९ रनले पराजित गरेको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप