भृकुटीमण्डपमा रामकुमारी झाँक्री : ‘मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु’
सारांश
- नेकपा एमाले नेतृ रामकुमारी झाँक्रीले प्रतिनिधिहरूसँगको भेटघाटमा विगतको गल्ती स्वीकार गर्दै मत मागिन्।
- एमालेबाट विद्रोह गरी एकीकृत समाजवादीमा गएकी झाँक्री केही समयअघि पुरानै पार्टीमा फर्किइन्।
- भृकुटीमण्डपमा महाधिवेशनको माहोलमा उनले पत्रकारलाई आफूले प्रतिनिधि फकाएको बताइन्।
काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले प्रतिनिधिहरूसँगको भेटघाटमा आफूले विगतको गल्ती स्वीकार गर्दै मत मागिरहेको बताएकी छन् । एमालेबाट विद्रोह गरेर तत्कालीन एकीकृत समाजवादीमा लागेकी उनी केहीअघि मात्रै पुरानै घर फर्किएकी थिइन् ।
महाधिवेशनस्थल भृकुटीमण्डपमा महाधिवेशनको माहोल र प्रतिनिधिहरूसँगको घुलमिलबारे पत्रकारहरूले राखेको जिज्ञासामा झाँक्रीले हाँस्दै यस्तो बताएकी हुन् ।
;सोमबार पत्रकारले उनलाई प्रश्न गरेका थिए, ‘नेता कार्यकर्तासँग कसरी घुलमिल हुनुभएको छ ? मैले पहिले गल्ती गरेँ, अब फेरि पार्टीमा फर्किएको छु, तपाईंहरुले मलाई साथ दिनुस् भनेर कसरी प्रतिनिधि रिझाउँदै हुनुहुन्छ ?’
पत्रकारको यो प्रश्न भुइँमा खस्न नपाउँदै झाँक्रीले हाँस्दै जवाफ दिइन्, ‘मैले भन्ने कुरा जम्मै तपाईंले सिकाइदिनुभयो, अस्तिदेखि त्यही भनिरहेकी छु ।’
अहिले महाधिवेशन स्थलमा उनी प्रतिनिधिहरूसँग बाक्लो भेटघाट र छलफलमा व्यस्त छिन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण