रास्वपाद्वारा समानुपातिकतर्फ बागमती प्रदेशका प्रारम्भिक उम्मेदवारको नामावली सार्वजनिक (सूचीसहित)
शुक्रबार, ०४ पुस २०८२, ०६ : ३२
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीले बागमती प्रदेशका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ।
- उम्मेदवारहरूसँग छलफल पौष ५ गते गोङ्गबु नयाँ बसपार्कमा हुनेछ।
- पार्टीले उम्मेदवारहरूलाई घरदैलो कार्यक्रमको तयारी गर्न र प्रदेश सभापतिसँग सम्पर्कमा रहन अनुरोध गरेको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत बागमती प्रदेशका लागि आन्तरिक उम्मेदवार छनोट प्रक्रियामा परेका प्रारम्भिक उम्मेदवारको नामावली सार्वजनिक गरेको छ ।
पार्टीका अनुसार प्रदेशको पहिलो चरणको प्रारम्भिक उम्मेदवार सूचीमा समावेश उम्मेदवारसँग छलफल यही पौष ५ गते बिजी ब्याङ्क्वेट गोङ्गबु नयाँ बसपार्कमा हुनेछ ।
उम्मेदवार छनोट रूपरेखा अनुसार पौष ६ र ७ गते सम्बन्धित प्रदेशमै घरदैलो कार्यक्रम सञ्चालन गरिने भएकाले सूचीमा समावेश उम्मेदवारलाई आवश्यक तयारी समयमै पूरा गर्न पार्टीले अनुरोध गरेको छ ।
यसैगरी, थप जानकारीका लागि सम्बन्धित प्रदेश सभापतिसँग सम्पर्क गर्न तथा कुनै कारणवश कसैको नाम सूचीमा छुटेको भए पनि प्रदेश सभापतिमार्फत जानकारी गराउन उम्मेदवार छनोट समितिले आग्रह गरेको छ ।







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण