यी हुन् रास्वपा समानुपातिकतर्फ लुम्बिनी प्रदेशका प्रारम्भिक उम्मेदवार (सूचीसहित)
शुक्रबार, ०४ पुस २०८२, ०६ : ४५
सारांश
- रास्वपाले लुम्बिनी प्रदेशका लागि समानुपातिक उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ।
- उम्मेदवारहरूसँग छलफल पौष ५ गते दाङमा हुनेछ, भने घरदैलो कार्यक्रम ६ र ७ गते सञ्चालन हुनेछ।
- पार्टीले उम्मेदवारलाई तयारी गर्न र छुटेका नाम भए प्रदेश सभापतिमार्फत जानकारी गराउन आग्रह गरेको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत लुम्बिनी प्रदेशका लागि आन्तरिक उम्मेदवार छनोट प्रक्रियामा परेका प्रारम्भिक उम्मेदवारको नामावली सार्वजनिक गरेको छ ।
पार्टीका अनुसार प्रदेशको पहिलो चरणको प्रारम्भिक उम्मेदवार सूचीमा समावेश उम्मेदवारसँग छलफल यही पौष ५ गते स्टार गेष्ट हाउस लमही–१ सुन्डबरी,दाङमा हुनेछ।
उम्मेदवार छनोट रूपरेखा अनुसार पौष ६ र ७ गते सम्बन्धित प्रदेशमै घरदैलो कार्यक्रम सञ्चालन गरिने भएकाले सूचीमा समावेश उम्मेदवारलाई आवश्यक तयारी समयमै पूरा गर्न पार्टीले अनुरोध गरेको छ ।
यसैगरी, थप जानकारीका लागि सम्बन्धित प्रदेश सभापतिसँग सम्पर्क गर्न तथा कुनै कारणवश कसैको नाम सूचीमा छुटेको भए पनि प्रदेश सभापतिमार्फत जानकारी गराउन उम्मेदवार छनोट समितिले आग्रह गरेको छ ।



Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण