शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

मधेसका मुख्यमन्त्रीले पाए विश्वासको मत, विपक्षमा शून्य

शुक्रबार, ०४ पुस २०८२, १९ : ४२
शुक्रबार, ०४ पुस २०८२

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत पाएका छन् ।

शुक्रबार मधेस प्रदेश सभामा विश्वासको प्रस्ताव राखेका यादवलाई प्रदेश सभाले विश्वासको मत दिएको हो ।

यादवको पक्षमा कुल ९२ मत परेको थियो । मतदानमा सहभागी भएका सबै सांसदहरूले उनलाई मत दिएका थिए ।

साेही कारण प्रस्तावकाे विपक्ष तथा तटस्थमा शून्य मत परेकाे थियाे । एमाले इतर सात दलकाे सिफारिसमा मुख्यमन्त्री नियुक्त भएका यादवलाई आज नेकपा एमालेले समेत पक्षमा मत दिएकाे थियाे। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप