‘पुरानाले दुःख दिए, नयाँले दिँदैनौँ’
सारांश
- रास्वपाका सभापति रवि लामिछानेले समयमै निर्वाचन गर्न सरकारसँग माग गरे।
- उनले देशको आवश्यकता भत्केका संरचना बनाउनु र नागरिकका सपना जोड्नु रहेको बताए।
- लामिछानेले आगामी निर्वाचनलाई नेपालीको भविष्यका लागि निर्णायक हुने बताए।
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुशासनको प्रत्याभूति दिँदै तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न सरकारसँग माग गरेका छन् । चितवनमा आयोजित विशेष सभालाई सम्बोधन गर्दै उनले मुलुकको भविष्यलाई केन्द्रमा राखेर अबका कदमहरू चाल्नुपर्ने बेला आएको बताए । लामिछानेले देशमा भत्केका संरचनाहरू बनाउनु र नागरिकका टुटेका सपनाहरूलाई जोड्नु नै आजको मुख्य आवश्यकता भएको उल्लेख गरे ।
सम्बोधनका क्रममा लामिछानेले पुराना राजनीतिक दलहरूले जनतालाई दुःख दिए पनि नयाँ शक्तिहरूले त्यसो नगर्ने दाबी गरे । उनले जनताको साथ, विश्वास र मायाले मुलुकलाई नयाँ दिशामा लैजाने अठोट व्यक्त गर्दै आगामी निर्वाचन सबै नेपालीको भविष्यका लागि निर्णायक हुने बताए । ‘सुशासनको डण्डा चलाउँदै समयमै निर्वाचन गर्नुहोस्,’ उनले सरकारलाई आग्रह गर्दै भने ।
लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीको अनुहारमा 'अध्याँरो' देखिरहेको टिप्पणी गर्दै अब अनुहार उज्यालो पारेर अघि बढ्न समेत आग्रह गरे । उनले देशलाई न्याय दिने ठाउँमा पुगेकाले खुट्टा नकमाउन र इतिहासले दिएको अवसरलाई सदुपयोग गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । शहीदको बलिदान खेर जान नदिने र 'जेन-जी' पुस्ताका मागहरूलाई सम्बोधन गर्न रास्वपा सधैँ तयार रहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण