ध्यान गर्दै औपचारिक रूपमा खुला गरियाे खुलामञ्च (तस्बिरहरू)
काठमाडौँ । विश्व ध्यान दिवसको अवसर पारेर काठमाडौँ महानगरपालिकाले खुलामञ्च खुला गरेको छ ।
आज ध्यान दिवसको अवसरमा योग ध्यान गर्ने र विद्यार्थीहरूको उपस्थितिमा भविष्यका लागि युवा र काठमाडौँ महानगरले संयुक्त रूपमा औपचारिक कार्यक्रम गरेको हो ।
खुलामञ्चमा २०७३ सालदेखि पहिलोपटक औपचारिक कार्यक्रम भएको महानगरका सार्वजनिक निर्माण विभाग प्रमुख ध्रुव कुमार काफ्लेले जानकारी दिए ।
भूकम्पपछि वीर अस्पताल, दरबार हाइ स्कुल जस्ता संरचना पुनः निर्माणका सामग्री राख्ने, काठमाडौँ टावर निर्माणको सामग्री राख्ने तथा अस्थायी बसपार्क सञ्चालन गर्ने प्रयोजनमा ल्याइएको खुलामञ्चलाई पुनः निर्माण तथा सजावटको काम गरेर महानगरले खुला गरेको हो ।
महानगरका अनुसार खुलामञ्चको चउरमा १४ हजार ६ सय वर्ग मिटर क्षेत्रफलमा प्राकृतिक नेपाली दुबो रोपिएको छ ।
विभागका अनुसार चउरको वरिपरि ४ मिटर चौडाइको पैदल बनाइएको छ । सहरका विभिन्न ठाउँका पैदल मार्ग स्तरोन्नति गर्दा निकालिएका हेक्जागोनल ब्लकहरू ल्याएर यस ठाउँको पैदल मार्ग बनाउन पुनः प्रयोग गरिएको हो ।
‘भोलिदेखि खुलामञ्चमा घाम ताप्न, मर्निङ वाक, इभिनिङ वाकको लागि खुला भएको छ । तर औपचारिक कार्यक्रमबारे भने महानगरले मापदण्ड बनाएर मात्रै दिन्छ,’ रातोपाटीसँग काफ्लेले भने । 













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुलुकभर समस्याग्रस्त बाघको सङ्ख्या १६ पुग्यो, प्रतिबाघका लागि वार्षिक ३५ लाख खर्च
-
विष्णु पौडेललाई सरकारी वकिल कार्यालय लगियो, तस्बिरहरू
-
काठमाडौंमै रेबिजले लियो ज्यान, अस्पतालमा भ्याक्सिनको चरम अभाव
-
व्यवस्थित सहरीकरण र बस्ती विकासमा बागमती सरकारको जोड
-
सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन
-
जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण