आगलागी हुँदा बुहारीको मृत्यु, ससुरा घाइते
सिन्धुली । कमलामाई नगरपालिका-६ धुराबजारस्थित एक घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
स्थानीय ६२ वर्षीय दुर्गामान बम्जनको घरमा भान्साकोठाभित्र आगलागी हुँदा उनकी बुहारी ३२ वर्षीया सुशीला बम्जनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।
उनका अनुसार दुर्गामान बम्जनको दाहिने हात, दाहिने खुट्टा र ढाड जलेको र उनको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको छ । दिउँसो खाजा खाने समयमा बुहारीलाई आगो लागेको देखेपछि निभाउन खोज्दा ससुरालाई पनि आगोले पोलेको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ ।
आज दिउँसो भएको घटनाका बेला घरमा मृतक सुशीला, उनका सासू, ससुरा र नन्द घरमा नै भएको प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिए । मृतकका श्रीमान् वैदेशिक रोजगारीमा रहेका छन् भने उनका दुई छोरा र एक छोरी छन् ।
प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको सुवेदीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण