पाटन नगरपालिकाले एचआइभी सङ्क्रमितलाई पोषण खर्च उपलब्ध गराउने
बैतडी । बैतडीको पाटन नगरपालिकाले एचआइभी सङ्क्रमितलाई पोषण खर्च उपलब्ध गराउने भएको छ । नगर क्षेत्रभित्रका एआरटी औषधि सेवन गरिरहेका सङ्क्रमितलाई नगरपालिकाले पोषण खर्च उपलब्ध गराउने भएको हो ।
चालु आर्थिक वर्षका लागि नगरपालिकाले रु एक लाख बजेट विनियोजन गरेको स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए । नगर क्षेत्रभित्र हाल ३६ एचआइभी सङ्क्रमित छन् । सो बजेटबाट सङ्क्रमितलाई पोषण खर्च उपलब्ध गराइने उनले बताए ।
“आर्थिक वर्ष २०७९/८० देखि एचआइभी संक्रमितलाई नगरपालिकाले पोषण खर्च उपलब्ध गराउँदै छ”, उनले भने, “यसैको निरन्तरताका लागि हामीले चालु आवमा पनि रु एक लाख विनियोजन गरेका छौँ ।”
आव २०८०/८१ मा पोषण खर्चबापत प्रतिव्यक्त रु ६ हजारका दरले रकम उपलब्ध गराइएको थियो । गत आवमा ३५ जनालाई जनही रु पाँच हजार सातका दरले पोषण खर्च उपलब्ध गराएको नगरपालिकाले जनाएको छ ।
एआरटी औषधि सेवन गरिरहेका सङ्क्रमितलाई पोषणयुक्त खानेकुराको अभाव हुन नदिने उद्देश्यले नगरपालिकाले उनीहरुलाई पोषण खर्च उपलब्ध गराउन लागेको नगरप्रमुख गौरीसिंह रावलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै दुर्घटनामा चार जनाले गुमाए ज्यान
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण