आगो निभाउने ड्रोन प्रविधि भित्र्याउनेबारे छलफल
भक्तपुर । जुद्ध बारुण यन्त्र भक्तपुरमा ठूला भवनमा आगो नियन्त्रणका लागि ड्रोन प्रविधि भित्र्याउनेबारे छलफल भएको छ । आज यहाँ चीनको गोञ्जाओ सिभिल एभिएसन कलेजका प्रतिनिधीको टोलीसँग छलफल भएको हो ।
चिनियाँ टोलीमा सहभागी टिन जु, हि याङविन, वाई जिनकुन, यान झियानलगायतले बारुण यन्त्र कार्यालयको अवलोकन गर्नुका साथै ड्रोन प्रविधि भित्र्याउनेबारे छलफल भएको कार्यालय प्रमुख विजयप्रसाद धौभडेलले जानकारी दिए ।
त्यस अवसरमा सम्भाव्यता अध्ययन गरी चिनियाँ सहयोगमा प्रविधि ल्याउनेबारे छलफल भएको उनले बताए ।
चिनियाँ टोलीले कार्यालयमा कार्यरत आठ जना अग्निनियन्त्रकलाई अग्निनियन्त्रणका नवीन प्रविधि, ड्रोन प्रविधि र सीपसम्बन्धी तालिम प्रदान गर्ने सहमति भएको छ । यसका लागि चिनियाँ टोलीले यहाँ कार्यरत कर्मचारीलाई चीनमै लगेर तालिम प्रदान गर्ने सहमति भएको कार्यालयका प्रमुख धौभडेलले जानकारी दिए ।
छलफलमा नेपाल उद्धार तथा अग्निनिवारण सङ्घका अध्यक्ष मधुसूदन थापा, ड्रोनहब नेपालका परियोजना व्यवस्थापक सुजित चौधरी, आप्सा नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील फुयाललगायतको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण