पोखरा विमानस्थलमा ट्याक्सी व्यवसायीको मनपरी नियन्त्रण गर्न माग
सारांश
- अनेरास्ववियुले पोखरा विमानस्थलमा ट्याक्सी व्यवसायीको दुर्व्यवहार नियन्त्रण गर्न माग गरेको छ।
- ट्याक्सी चालकहरूले यात्रु र निजी सवारी चालकलाई दुर्व्यवहार गरेको गुनासो आएपछि अनेरास्ववियुले प्रशासनलाई ज्ञापनपत्र बुझाएको हो।
- अनेरास्ववियुले ट्याक्सी व्यवसायीमाथि निगरानी बढाउन र नागरिकलाई आफ्नो सवारी प्रयोग गर्न दिन माग गरेको छ।
पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा ट्याक्सी व्यवसायीहरूले दुर्व्यवहार र मनपरी गरिरहेको भन्दै त्यसलाई नियन्त्रण गर्न अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले माग गरेको छ।
कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई मंगलबार ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियुले ट्याक्सी चालक तथा व्यवसायीले पर्यटक र यात्रुमाथि गर्दै आएको दुर्व्यवहार तत्काल नियन्त्रण गर्न आग्रह गरेको हो।
विमानस्थलमा आफन्त लिन वा पुर्याउन जाने निजी कार तथा मोटरसाइकल (दुईपाङ्ग्रे) चालकलाई समेत ट्याक्सी व्यवसायीले अवरोध गर्ने, साथै राइड सेयरिङ प्रयोग गर्ने यात्रुलाई दुर्व्यवहार गर्ने गरेको गुनासो यात्रुहरूले गरेका छन्। निजी सवारी साधनमा आउने सर्वसाधारणलाई धम्की दिने, दुर्व्यवहार गर्ने र रोक्ने जस्ता अराजक गतिविधि भइरहेको भन्दै अनेरास्ववियुले यस्ता गतिविधि तत्काल रोक्न माग गरेको छ।
‘यस्ता गतिविधिले सर्वसाधारणमा असुरक्षाको भावना पैदा गरेको छ,’ ज्ञापनपत्रमा उल्लेख छ, ‘यसले पर्यटकमा नकारात्मक सन्देश जाने र पोखराको पर्यटन व्यवसाय तथा प्रतिष्ठामा दीर्घकालीन असर पर्ने देखिन्छ। त्यसैले तुरुन्त यस्ता गतिविधि रोकियोस्।’
विमानस्थल परिसरमा अवैध रूपमा दादागिरी गर्ने ट्याक्सी व्यवसायीमाथि निगरानी बढाई तत्काल कडा कानुनी कारबाही गर्नुपर्ने अनेरास्ववियुका अध्यक्ष सन्तोष पोखरेलले बताए। ‘नागरिकले आफ्नो निजी सवारी साधन प्रयोग गर्न पाउने अधिकारको सुनिश्चितता गरियोस्,’ उनले भने, ‘ट्याक्सी सञ्चालनका लागि स्पष्ट नियम लागू गरियोस्।’
प्रशासनले आफ्ना मागप्रति गम्भीरता नदेखाए नागरिकस्तरबाट थप सशक्त विरोध कार्यक्रम गर्ने चेतावनी अनेरास्ववियुले दिएको छ। गण्डकी सरकारले राइड सेयरिङसम्बन्धी नियमावली मन्त्रिपरिषद्बाट पारित गरे पनि संघको अवरोधका कारण कार्यान्वयनमा आउन सकेको छैन। यद्यपि, निजी सवारी साधनहरूले भाडाका यात्रु बोकिरहेको अवस्था रहेको अनेरास्ववियुले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण