बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि ‘न्युज फेस्टिबल’
रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि ‘तेस्रो लुम्बिनी न्युज फेस्टिबल’ आयोजना हुँदैछ । न्युज फेस्टिबलमा ‘मोफसल’को पत्रकारिता, सङ्घीयतामा पत्रकारिता क्षेत्रको संरचना, आर्थिक विकास र लुम्बिनी क्षेत्रको पर्यटन प्रवद्र्धनमा पत्रकारिताको भूमिका, समाचारका विषय, लेखन र साहित्य, कलाका विषयमा नेपालमा अग्रज पत्रकार, सम्पादक, लेखक, संवाददाता सहभागी भएर बहसको सृजना गरिने भएको छ ।
लुम्बिनी प्रेस क्लब रुपन्देहीले आयोजना गरेको न्युज फेस्टिबल आजदेखि तीन दिनसम्म हुने क्लबका अध्यक्ष कमल रायमाझीले जानकारी दिए । बुद्ध जन्मस्थल लुम्बिनीस्थित लुम्बिनी बौद्ध विश्वविद्यालयको सभाहलमा आयोजना गरिने कार्यक्रममा पत्रकारिता, लुम्बिनीको पर्यटन प्रवद्र्धन र यस क्षेत्रका मुद्दाहरुलाई राष्ट्रिय अन्तर्राष्ट्रियकरण गर्न फेस्टिबल आयोजना गरिएको अध्यक्ष रायमाझीले बताए ।
कार्यक्रममा भारतको दिल्ली प्रेस क्लब, काशी पत्रकार सङ्घ, बनारस प्रेस क्लब, गोरखपुर प्रेस क्लब, महाराजगञ्ज प्रेस क्लब, सिक्किम प्रेस क्लबबाट पत्रकारहरु आउने क्लबका पूर्वध्यक्ष नरेश केसीले जानकारी दिए । साथै प्रेस काउन्सिल नेपाल, नेपाल पत्रकार महासङ्घ, मूलधारका छापा, मूलधारका टेलिभिजनका सम्पादक, मूलधारका अनलाइनका सम्पादक सहभागी हुनेछन् ।
‘सीमापार सम्बन्धः आवश्यकता र सम्भावना’, ‘लुम्बिनीः लगानी र पर्यटनको सामर्थ्य ’ र ‘पत्रकारितामा प्रश्न : जिम्मेवारी र जवाफदेहिता’ विषयमा समूहगत छलफल हुनेछ । यसले लुम्बिनी क्षेत्रको ब्राण्डिङ गर्नुका साथै लुम्बिनी प्रदेशको पत्रकारिताको विकास र सीमापार सम्बन्धलाई अझै मजबुत पार्ने आयोजकको भनाइ छ । प्यानल छलफलमा नेपाल–भारतका चर्चित पत्रकारहरु सहभागी हुनेछन् ।
क्लबले विसं २०७६ प्रथम लुम्बिनी न्युज फेस्टिबल आयोजना गरेर कार्यक्रम गरेको थियो । कोरोना महामारीलगायत कारण यसलाई वार्षिक रुपमा निरन्तरता दिन नसकेपछि विसं २०८० मा भैरहवामा दोस्रो न्युज फेस्टिबल गरेर यसपटक लुम्बिनीमा भव्य रुपमा ‘तेस्रो लुम्बिनी न्युज फेस्टिबल’ आयोजना गर्न लागिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
-
मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन – प्रधानमन्त्री
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा ६ जनाको उम्मेदवारी, निर्वाचनबाट नयाँ नेतृत्व चयन हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण